Nepal Life

शेयर बजारमा छिर्ने र निस्कने अवसर धेरै हुन्छन्, खेमराज खनालको विश्लेषण

Global Ime detail Page
  • खेमराज खनाल
  • 2023 Dec Thu 15:29
शेयर बजारमा छिर्ने र निस्कने अवसर धेरै हुन्छन्, खेमराज खनालको विश्लेषण
Sanima Reliance

काठमाडौं । शेयर बजार जव जव बढ्न थाल्छ वा घट्न थाल्छ त्यस पछि बजारलाई लिएर धेरै जनाको धेरै थरीका विश्लेषकहरु हुन्छन् । सबै जनाले आफ्नो पक्षमा पार्नका लागि हिजोका दिनमा मैले यस्तो भनेको थिए अहिले यस्तो भयो भन्दै प्रचार गर्छन् । तर लगानीकर्ता जो कोहीले यस भित्रका सकारात्मक र नकारात्मक पक्षलाई मिहिन रुपमा केलाउन सक्नु पर्छ ।

NIMB

शेयर बजार बढ्नु र घट्नुका पछाडी विविध कारणहरु रहेका हुन्छन् । आज एउटा कारणले बजार घट्यो भने भोलि पनि त्यहि कारणले घट्छ वा बढ्छ भन्ने हुँदैन । जसले शेयर बजारमा लगानी गर्न चाहन्छ उसले शेयर बजारको बारेमा धेरै भन्दा धेरै ज्ञान लिनु पर्छ । आवश्यकता अनुसार प्राविधिक र सैद्धान्तिक विश्लेषण गर्नु पर्छ । हामी अरुको लहै लहैमा लागेर कम्पनीको यथार्थ विश्लेषण नै नगरी क्षमता भन्दा बढिको शेयर खरिद गर्छौ । बजार उकालो लागिरहेको समयमा कमाएको जस्तो देखिए पनि बजारमा साना तिना करेक्सनले नै ठुलो धक्का खानु पर्छ ।

शेयर बजारमा लगानी गर्ने जो कोहीले कमाउने उद्देश्य राखेका हुन्छन् । यसै क्रममा लगानीकर्ताले आफुले खरिद गरेको शेयर बढाउन अनेक किसिमका प्रचार गरिरहेका हुन्छन् । यस्ता अभ्यास नेपालमा मात्रै होइन विश्वका एकदमै विकसित बजारमा पनि हुने गर्छ । मात्रै के हो भने उनिहरुको प्रभावमा आफु पर्ने कि नपर्ने भन्ने हो ।

नेपालको शेयर बजारलाई हेर्ने हो भने जव जव बैंकिङ प्रणालीमा तरलता बढ्छ तब तब शेयर बजार बुम हुन्छ । अर्थतन्त्र खराव हुँदै गर्दा शेयर बजार क्रमश तल झर्ने र अर्थतन्त्रमा क्रमश सुधार हुँदै गर्दा बढ्ने गरेको छ । नेपालको पछिल्लो बियरिस बजारलाई हेर्ने हो भने पनि यस्तै देखिन्छ । शेयर बजार अधिकतम विन्दुमा पुग्दा आर्थिक बृद्धिदर ८ प्रतिशत हाराहारी थियो । त्यस्तै शेयर बजार सबैभन्दा तल्लो विद्नुमा झर्दा आर्थिक बृद्धिदर ४ प्रतिशत हाराहारीमा झर्यो । चालु आर्थिक वर्षमा विश्व बैंकले ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

अवका दिनमा अर्थतन्त्रमा क्रमिश सुधार आउने लक्षण सँगै शेयर बजारमा पनि सुधार देखिएको छ । त्यसमा पनि नेपालको अर्थतन्त्र उत्पादनमुलक भन्दा पनि आयातमुलक भएको हुँदा आर्थिक बृद्धिदरमा स्थायित्व छैन । अहिले तल्लो विन्दुमा रहेको व्याजदर अवको केहि समयमै माथिल्लो विन्दुमा पग्नेछ । नेपालको शेयर बजार पनि बैंकको व्याजदरमा आउने मुभमेन्ट सँगै चलायमान हुने गरेछ । जव जव बैंकमा तरलता बढ्दै जान्छ र व्याजदर तल झर्छ तव तव शेयर बजारमा सुधार आउछ साथै तरलता घट्दै गए पछि व्याजदर बढ्न थाले र शेयर बजार पनि तल्लो विन्दुमा झर्छ ।

बैंकहरुको कर्जा प्रवाहको तुलनामा निक्षेपको बृद्धिदर धेरै छ । त्यसमा पनि राष्ट्र बैंकको कर्जाको बृद्धिदरको लक्ष्य पनि कम छ । यि सबै कुराहरुले व्याजदर तल झार्न भुमिका खेलिरहेको छ । कोभिड १९ पछि लाखौको संख्यामा बाहिरिएको युवाजनशक्तिले पठाउने रेमिट्यान्स पनि बढिरहेको छ । यसै कुराहरुले शेयर बजारलाई पुस गरिरहेको छ । यसरी शेयर बजार बढिरहेको अवस्थामा लगानीकर्ताहरुले पनि धेरै कुराहरुमा संयमा अपनाउनु पर्छ । बजार जुनसुकै अवस्थामा व्याक हुन सक्ने हुँदा निकै चनाखो हुनु पर्छ । अत्याधिक मूल्य बढेका कम्पनीको शेयर खरिद गर्नु भन्दा अगाडी धेरै पटक सोच्नु पर्छ । लहै लहै र लोभै लोभमा ठुलो रकम फसेको पत्तो पाइदैन ।

बढिरहेको बजारमा ध्यान दिनु पर्ने कुराहरु

- आफुसँग भएको पैसाले मात्रै सेयर किन्नुहोस् । ऋण लिएर क्षमता भन्दा बढिको शेयर खरिद गर्नु हुँदैन । यदि आफ्नो क्षमता भन्दा बढिको शेयर खरिद गर्दै हुनुहुन्छ भने भोलि शेयर बजार तल झरेर फसियो भने पनि बैकल्पिक स्रोत के के हुन सक्छन् भनेर ख्याल गर्नुहोस् । दोस्रो स्रोत नभइ क्षमता भन्दा धेरै शेयर खरिद गरेर डुबेका धेरै उदाहरण छन् ।

- अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आएका कुराहरुलाई बहिस्कार गर्नुहोस् । यस भन्दा बरु स्वः अध्ययन तथा राम्रा राम्रा विश्लेषकहरुको विश्लेषण अध्ययन गर्नुहोस् । अध्ययन भन्दा ठुलो गुरु यस दुनियाँमा अरु कोही छैन ।

- बजारले किन्ने र बेच्ने अवसर सबैलाई पटकपटक दिन्छ । बजारलाई गहन रुपमा विश्लेषण गरेर बजारमा छिर्ने र निष्कने रणनीति बनाउनु पर्छ । जवसम्म शेयर बिक्री गरिदैन तवसम्म न त नाफा न त घाटा नै हुन्छ । त्यसैले उपयुक्त समयमा किन्ने र उपयुक्त समयमा बिक्री गर्न पनि जान्नु पर्छ । पोर्टफेलियो हेरेर मात्रै हातमा सम्पत्ती आउदैन । आफ्नो अवस्था अनुसार यसको सदुपयोग गर्नुहोस् । मुनाफाको निश्चित टार्गेट बनाउनु होस् । आफ्नो टार्गेट पुरा भए पछि शेयर बिक्री गरेर सुरक्षित बस्नु पर्छ । नकी आफुले बिक्री गरेपछि फेरी बढ्यो भनेर क्षमताभन्दा धेरै लगानी नगर्नुहोस् । समय समयमा नाफा बुक गर्नुहोस् । सावाँलाई सुरक्षित राख्नुहोस् र मुनाफालाई बजारमै घुमाउनुहोस् ।

- यदि शेयर बजारको वारेमा आफुले धेरै ज्ञान छैन भने आफू सँग भएको सबै पैसा शेयर बजारमा लगानी नगर्नुहोस् । थोरै थोरै लगानी गरेर सिक्ने र विस्तारै आफ्नो क्षमता बढ्दै गए पछि लगानीलाई पनि बढाउन सकिन्छ । तर आफुमा धर्यता र वित्तीय अनुशासन हुनुपर्छ ।

- शेयर बजारका सक्रिय लगानीकर्ताहरु सँग समय समयमा छलफल तथा परामर्श गरिरहनु पर्छ । तर सबैका कुरा सुनेर जसले जे भन्यो त्यसैको पछाडि दौडिन हुँदैन । सबैका कुरा सुन्ने तर निर्णय आफुले लिने हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया