Nepal Life

२२०० को अवरोध तोड्न शेयर बजारलाई कति शक्ति चाहिएला ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Thu 22:00
२२०० को अवरोध तोड्न शेयर बजारलाई कति शक्ति चाहिएला ?
Sanima Reliance

काठमाडौं । शेयर बजारले २२ सयको मनोबैज्ञानिक अवरोधलाई तोड्न सकिरहेको छैन । विगत दुई वर्षदेखि शेयर बजार १८ सयदेखि २२ सयको विचमा घुमिरहेको छ । नेपालको शेयर बजारको ट्रेण्डलाई हेर्ने हो भने २०७३ साउन १२ गते १८८१ अंक चुमेर ओरालो झरेको थियो । यसरी ओरालो झर्ने क्रम २०७५ फागुन १९ गतेसम्म रह्यो । जुन दिन शेयर बजार ११०० अंक टेकेर फर्किएको थियो । 

NIMB

यसरी २०७५ देखि लगातार सुधारको लय पक्रिएको शेयर बजारले २०७८ भदौ २ गते सर्वाधिक धेरै ३१९९ अंक चुम्यो । त्यस यता लगातार ओरालो झर्ने क्रममा २०७९ असार १० गतेका दिन यस वियरिस साइकलको सर्वाधिक तल्लो विन्दु १८०७ अंकसम्म झर्यो । त्यस यता शेयर बजार अधिकतम २२२७ अंक छोएर तलमाथि गरिरहेको छ । यसरी तलमाथी गर्ने क्रममा पछिल्लो समय कात्तिक १५ गते १८२६ अंकसम्म तल झर्यो । त्यसयता शेयर बजारमा लगातार सुधार देखिदै आइरहेको छ । 

बजार विश्लेषक सुवास चन्द्र ढुङ्गानाका अनुसार शेयर बजार यस अगाडीको बियरिस ११०० बाट माथि लाग्दा पहिलो पटक २०७७ पुष २६ गते २२०० बिन्दुलाई तोड्न सफल भएको थियो र यो बेलाको कारोबार रकम ६ अर्ब ३३ करोडको थियो । सर्वाधिक उचाइमा पुगेर तल खस्ने क्रममा २०७९ असार १० गते १८०७ अंकसम्म तल झर्यो । यस पछि २२०० को बिन्दुलाई पहिलो पटक २०७९ साउन १६ मा छोयो मात्र र टिक्न सकेन । त्यो बेलाको कारोबार रकम जम्मा ४ अर्ब ६७ करोड रुपैयाँ थियो । 

दोस्रो पटक २०७९ पुष २५ गते २२०० माथि बजार एक दिनकै लागि भए पुगेर बन्द हुन सफल भयो । त्यति बेला कारोबार रकम ५ अर्ब ३१ करोड थियो । र अन्तिम पटक भने २०८० साउन ७ गते ४ अर्ब ३७ करोड को रकमका साथ २२०० माथि बजार बन्द भएको थियो । 

यस हिसाबले २२०० को बिन्दुलाई तोड्न बजारले ४ अर्बदेखि ६ अर्ब सम्मको रकम खर्च गरेको ढुङ्गानाको विश्लेषण छ । अहिलेसम्म पुष महिनामा २ पटक र साउन महिनामा २ पटक गरि जम्मा ४ पटक २२०० को बिन्दुलाई बुलले हिर्काइ सकेको छ । बारम्बार बुलको ठोकाईबाट त्यो पर्खाल कमजोर भैसकेको प्राविधिक विश्लेषक ढुङ्गानाको तर्क छ । अव पनि साढे ६ अर्बको कारोबारले दवाव दियो भने २२ सयको अवरोध सहजै तोडिने उनको विश्लेषण छ । 

अब अर्कोपटक साँढे कम्तिमा ६ अर्ब शक्तिको साथ त्यसलाई हिर्काउन सफल भए त्यो सजिलै तोडिने सम्भावना प्रबल देखिन्छ !

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया