Nepal Life

सामाजिक सुरक्षा कोषमा ५१ जना कर्मचारीका लागि जागिर खुल्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 12:24
सामाजिक सुरक्षा कोषमा ५१ जना कर्मचारीका लागि जागिर खुल्यो
Sanima Reliance

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ५१ जना कर्मचारी माग भएको छ। कोषले आज सूचना जारी गर्दै विभिन्न पदमा ५१ कर्मचारी माग गरेको हो ।

NIMB

कोषले रिक्त रहेका सेवा, समूह, उपसमूह तथा तहका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरेको जनाएको छ ।

कोषले सहायक कम्प्युटर अपरेटरदेखि उपनिर्देशकसम्म पदका लागि ५१ जना कर्मचारी माग गरेको हो । कोषले आवेदनका लागि ११ तहको २ हजार रुपैयाँ तोकेको छ ।

जसमा समावेशी प्रत्येक समूहका लागि ६ सय रुपैयाँ थप दस्तुर लाग्नेछ । त्यस्तै ९ र १० तहका लागि १५ सय रुपैयाँ र समावेशी प्रत्येक समूहका लागि ५ सय रुपैयाँ, ७ र ८ तहका लागि १२ सय रुपैयाँ र प्रत्येक समावेशी समूहका लागि ४ सय रुपैयाँ शुल्क तोकेको छ ।

त्यसैगरी, ६ तहका लागि एक हजार रुपैयाँ र प्रत्येक समावेशी समूहका लागि ३ सय रुपैयाँ, ५ तहका लागि ६ सय रुपैयाँ र प्रत्येक समावेशी समूहका लागि २ सय रुपैयाँ र ४ तहका लागि ४ सय रुपैयाँ र प्रत्येक समावेशी समूहका लागि थप १५० रुपैयाँ आवेदन शुल्क तोकेको छ ।

कोषअनुसार आवेदन फाराम आगामी पुस २६ गतेसम्म भर्न सक्नेछन् । साथै, दोब्बर दस्तुरमा माघ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया