Nepal Life

नयाँ लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने १५ कुराहरु

Global Ime detail Page
  • पदम राज पौडेल
  • 2023 Dec Sat 08:32
नयाँ लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने १५ कुराहरु
Sanima Reliance

काठमाडौं । शेयर बजार धेरै बुझेका र जान्ने लगानीकर्ताका लागि पनि कठिन क्षेत्र हो । त्यसैले हल्लाका भरमा लगानी गर्नु धेरै घातक हुन्छ । बजारमा लगानी गर्नु भन्दा अगाडी आधारभुत रुपमा सामान्य जानकारी भने राख्नै पर्ने हुन्छ । बजार एकोहोरो बढ्दा जस्ता सुकै कम्पनीमा लगानीगर्दा पनि नाफा देखिए पनि बजार तलमाथि हुँदै गर्दा नराम्ररी फस्ने डर हुन्छ । त्यसैले बजार घट्दा पनि सुरक्षित हुने कम्पनी छानेर मात्रै लगानी गर्नु विवेकपुर्ण हुन्छ । 

NIMB

हेर्नुहोस् शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु 

१- आफ्नो लगानीको ६०% pe कम भएका, ROE १५ भन्दा बढी भएको, बोनस दिने कम्पनी छानेर लामो समयको लागी किन्ने।

२- आफ्नो लगानीको ३०% मात्र trading गर्ने, १०% नगद राख्ने ।

३- कुनैपनी कम्पनीको मुल्यमा पोजेटीभ सर्किट लागेको छ भने त्यस्तो कम्पनी सकभर नकिन्ने।

४- नेप्सेले all time high बनाउदा trading को ५०% स्टक बेच्ने।

५- सेयर किन्दा सबै पैसाको एकैपटक नकिन्ने। एकपटकमा बढिमा २५% को मात्र किन्ने।

६- अचानक ठुलो अंकले बजार घट्छ भने तत्काल किन्ने गल्ती नगर्नु होला । नगद छैन भने केही स्टक बेचेर नगद लिएर बस्नु पर्छ। त्यस पछि बजार थामिएपछि मात्र किन्ने।

७- किनेको सेयरको भाउ बढ्दै जान्छ भने थप्दै जाने। कमजोर कम्पनीमा घट्दो क्रममा averaging नगर्ने।

८- सबै स्टकहरु तपाइले किनेकै मुल्यमा पुग्छन् भन्ने हुदैन, कहिलेकाहीं घाटामा पनी बेच्नुपर्ने हुन्छ अर्थात स्टप लस गर्नु पर्छ ।

९- ब्रोकर सँग उधारो कारेबार सकभर नगर्ने।

१०- पुष मसान्त र असार मसान्त लाग्नुभन्दा पहिला ५०% trading stock बेचेर cash मा बस्ने । त्यो समय नेपालको सेयरबजारको लागी अत्यासलाग्दो समय हो।

११- न्युज आइसकेपछी कुनै स्टकको मुल्य बढ्छ भनेर किन्ने हतार नगर्नुहोस्। तपाइको खातामा नआउदै घट्न सक्छ।

१२- बैकको ब्याजदर बढ्न थाले पछि ठुला लगानिकर्ताहरु बिस्तारै बजारबाट निस्कन सक्ने हुँदा चनाखो हुनु पर्छ।

१३- फेसबुक र क्लवहाउसको हल्लाको भरमा कहिल्यै सेयर नकिन्ने।

१४- तपाइले किन्न नजानेर भन्दापनी सही समयमा बेच्न नजानेर धेरै गुमाउनु पर्ने हुनसक्छ। बढेको बेलामा धेरै लोभ नगर्नुहोला।

१५- फेक आइडी वाला गुरुहरु र फेक अनलाइन न्युजको विस्वास नगर्नुस्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया