Nepal Life

के तपाई शेयर बजारमा कारोबार गर्न चाहनुहुन्छ ? यस्तो छ दोस्रो बजारमा प्रवेश गर्ने प्रक्रिया

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sat 09:14
के तपाई शेयर बजारमा कारोबार गर्न चाहनुहुन्छ ? यस्तो छ दोस्रो बजारमा प्रवेश गर्ने प्रक्रिया
Sanima Reliance

काठमाडौं । शेयर बजारमा प्रवेश गर्ने दुई वटा तरिका छन् । पहिलो हो प्राथमिक बजार र अर्को दोस्रो बजार । तुलनात्मक रुपमा प्राथमिक बजार दोस्रो बजार भन्दा सुरक्षित र कम जोखिमयुक्त हुन्छ । तर प्राथमिक बजारमा शेयर किन्नेले पनि दोस्रो बजारबाटै बिक्री गर्नु पर्ने हुँदा सबै किसिमका लगानीकर्ताका लागि दोस्रो बजार आवस्यक पर्छ ।

 

NIMB

प्राथमिक बजार मुख्यतया आइपिओ र एफपिओमा आवेदन दिएर प्रवेश गर्न सकिन्छ । यसका लागि कम्पनीहरुले सर्वसाधारणका लागि शेयर बिक्रीका लागि आह्वान गरेका हुन्छन् । यस्तो अवस्थामा प्राथमिक बजारबाट खरिद गर्न सकिन्छ ।

दोस्रो बजारमा भने सिधै प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । दोस्रो बजारमा सेयर कारोबारका लागि लगानीकर्ताले धितोपत्र ब्रोकरकहाँ जानुपर्छ । लगानीकर्ताको आदेशबमोजिम सेयरको खरिद र बिक्री गरिदिनका लागि धितोपत्र बोर्डबाट अनुमतिप्राप्त कम्पनीलाई स्टक ब्रोकर भनिन्छ । यस्ता कम्पनीहरु हाल ८२ वटा वटा रहेका छन् । उनीहरुले नै सेयर किनबेचको सेवा दिइरहेका हुन्छन् ।

दोस्रो बजारबाट सेयर खरिद गर्नका लागि सिधै ब्रोकर कम्पनीमा सम्पर्क राख्न सकिन्छ । पछिल्ला दिनमा अधिकाम्स ब्रोकरले अनलाइनबाटै सदश्यता दिने व्यवस्था मिलाएका छन् । अनलाइनबाटै सदश्यता प्रदान गर्ने ब्रोकरको वेवसाइटमा गएर आवश्यक प्रकृयाँ पुरा गर्नु पर्छ । यदि अनलाइन छैन वा अनलाइनबाट प्रकृयाँ अगाडी बढाउन झन्झट लाग्यो भने ब्रोकर कार्यालयमै गएर सदश्यता फारम भर्न सकिन्छ ।

यस्तो फारम भरिसके पछि ब्रोकरले तपाईलाई अनलाइन कारोबारको लागि टिएमएस उपलब्ध गराउछन् । यसरी आफैले टिएमएसको सहायतामा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत कम्पनीको शेयर खरिद तथा बिक्री गर्न सकिन्छ । यदि आफुलाई आइपिओमा परेको कम्पनी बिक्री गर्नु पर्यो भने पनि यहि प्रकृयाँ पुरा गर्नु पर्छ ।  

हेर्नुहोस् शेयर बजारमा प्रवेश गर्ने क्रमबद्ध प्रक्रिया

१. डिम्याट खाता खोल्ने

सेयर खरिदका लागि तपाईंसँग डिम्याट खाता भने अनिवार्य हुनुपर्छ । पैसा राख्नका लागि बैंक खाता खोलेजस्तै सेयर राख्नका लागि डिम्याट खाता चाहिन्छ । डिम्याट खाता अहिले अनिवार्य गरिएको छ । यसका लागि के चाहिन्छ त ?

डिम्याट खाता खोल्नका लागि तपाईंले एउटा पासपोर्ट साइजको फोटो र नागरिकताका प्रतिलिपि तयार गर्नुपर्ने हुन्छ । यी कागजात लिएर तपाईंको आफ्नो खाता भएको बैंक वा अन्य जुनसुकै बैंकमा गएर पनि डिम्याट खाता खोल्न सकिनेछ हुनेछ । मर्चेन्ट बैंक (क्यापिटल) मा गएर पनि डिम्याट खाता खोल्न सकिन्छ । यदि कार्यालयमा जान झन्झट लाग्यो भने अनलाइन सुविधा दिएका मर्चेन्ट बैंक खोजेर अनलाइनबाटै पनि डिम्याट खाता खोल्न सकिन्छ ।

यसरी डिम्याट खाता खोल्दा मर्चेन्ट बैंकले मेरो शेयरको युजर नेम र पासवर्ड उपलब्ध गराउछन् । यसबाट आइपिओ, एफपिओ, म्युचुअल फण्ड, डिवेन्चर खरिद गर्न सिकिन्छ । यसका लागि लगानीकर्ताले प्राथमिक शेयर निष्काशनका सूचनालाई पच्छ्याउने गर्नु पर्छ ।

२. ट्रेडिङ खाता (टिएमएस) खोल्ने

दोस्रो बजारमा सेयर कारोबार गर्नका लागि डिम्याट पछि कारोबार खाता (टिएमएस)को आवश्यकता पर्छ । यो खाता भने ब्रोकर कार्यालयमा गएर खोल्न सकिन्छ । यसका लागि पनि एकप्रति पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि र डिम्याट खोलेको ‘कन्फर्ममेशन लेटर’ आवश्यक पर्छ । कतिपय ब्रोकरले यसका लागि पनि अनलाइन प्रणालीको विकास गरेको हुँदा अनलाइनमा भनिए अनुसारको प्रकृयाँ पुरा गरेर खाता खोल्न सकिन्छ ।

सबै प्रकृयाँ पुरा गरेपछि ब्रोकरले टिएमएस सञ्चालनका लागि युजरनेम र पासवर्ड उपलब्ध गराउछन् । उक्त युजरनेम र पासवर्ड हालेर टिएमएस खोल्नु पर्ने हुन्छ । यसका लागि कसरी कारोबार गर्ने भन्ने थाहा पाउन ब्रोकरलाई सोध्ने वा नेपालेले बनाएको जानकारी मुलक भिडियो हेरेर अगाडी बढ्न सकिन्छ ।

सेयर बिक्री गर्न धितो राख्नु पर्दैन । तर किन्ने हो भने कनेक्ट आईपीएसमार्फत कम्तिमा २५ प्रतिशत धितो राख्नु पर्छ । जोखिम हेरेर ब्रोकरले २५ प्रतिशत वा सोभन्दा बढी धितो राख्नु पर्ने निर्णय गर्न सक्छन् । यसरी शेयर खरिद बिक्री गरेपछि ३ दिनभित्रमा आफ्नो डिम्याट खातामा शेयर आउछ ।

हेर्नुहोस् ब्रोकर कम्पनीको सूची

ब्रोकर कम्पनीहरु

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया