पाँचथरको हेवा खोलामा ट्रक दुर्घटना, एकको मृत्यु २ जना घाइते

  • BFIS News
  • 2023 Jul Sun 22:14
पाँचथरको हेवा खोलामा ट्रक दुर्घटना, एकको मृत्यु २ जना घाइते

काठमाडौं । फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ट्रकमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।

ना २ ख ९२१५ नम्बरको ट्रक दुर्घटना हुँदा हिलिहाङ गाँउपालिका ७ का ३८ वर्षीय लक्ष्मी तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवरले जनाकारी दिए । 

हिलिहाङ ७ का ट्रक चालक ४५ वर्षीय ज्ञानु थापा भनिने पारस मणि थापा र ३१ वर्षीय जीवन गदाईली दुर्घटनामा परी घाइते छन् । उनीहरुको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया