Nepal Life

बुलिस सिग्नल देखिएको सानिमा बैंकको प्राविधिक तथा सैद्धान्तिक विश्लेषण

Global Ime detail Page
  • नारद मणि घिमिरे
  • 2023 Dec Sat 20:37
बुलिस सिग्नल देखिएको सानिमा बैंकको प्राविधिक तथा सैद्धान्तिक विश्लेषण
Sanima Reliance

काठमाडौं । पछिल्ला दुई सातामा सूचिकृत सम्पुर्ण कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ३२.७७ अंकले बजार घट्दा राष्ट्रिय स्तरको बाणिज्य बैंकहरु मध्ये सानिमा बैंकको शेयर मूल्य पनि ४.३० रुपैयाँले करेक्सन भएको छ । दुई साताको समिक्षा अवधिमा सानिमा बैंकको शेयर मूल्य ३० रुपैयाँले बढेको छ ।  

NIMB

बाणिज्य बैंकहरु मध्ये भलादमी छवी बनाएको सानिमा बैंकको पछिल्लो वित्तीय विवरणका आधारमा विश्लेषण गरिएको छ । प्रस्तुत विश्लेषणले शेयरधनीलाई कम्पनी छनोट गर्न सहयोग पुर्याउनेछ । सानिमा बैंकले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ । यस वर्ष बैंकले शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद सहित कुल १४.७ प्रतिशत लाभांश प्रदान गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यस वर्ष अधिकाम्स बैंकहरु खराव कर्जा व्यवस्थापन गर्न नसक्दा लाभांश दिन चुक्दै गर्दा सानिमा बैंकले भने राम्रो लाभांश दियो ।

प्रथम त्रैमाशिक वित्तीय विवरण अनुसार बैंकको रिटेन अर्निङ २ अर्ब ११ करोड रहेको छ । जुन अन्य बाणिज्य बैंकहरुको तुलनामा राम्रो हो । पहिलो तीन महिनाको मुनाफाबाट बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ११ करोड नै रहेको छ । यो नै सानिमा बैंकको व्युटी हो । यस्तो अवस्थालाई हेर्दा आगामी वर्ष पनि बैंकले राम्रै प्रतिफल दिन सक्छ भनेर अनुमान गर्न सकिन्छ ।

बैंकको बुक भ्यालु १५९ रुपैयाँ रहेको छ । यस्तो मूल्य १५० रुपैयाँ भन्दा बढि भएको राम्रो मानिन्छ । बैंकको रिटर्न अन इक्वीटी ९.७६ प्रतिशत देखिएको छ । जुन मध्यम स्तरमा पर्छ । बैंकको सिएआर १३.७७ प्रतिशत रहेको छ । यस्तो सूचक पनि १२ प्रतिशत भन्दा माथि रहेकोलाई राम्रो मानिन्छ ।

कुनै समयमा खराव कर्जा एकदमै न्युन हुने सानिमा बैंकको यस वर्ष भने १.७९ प्रतिशत छ । अन्य बाणिज्य बैंकहरुको तुलनामा यो पनि धेरै कम रहेको छ । अर्थतन्त्र सुधारको क्रममा रहेको हुँदा बैंकले यसै वर्ष खराव कर्जा एक प्रतिशत भन्दा तल झर्ने विश्वास रहेको छ । बैंकहरुको खराव कर्जा ५ प्रतिशत भन्दा माथि हुने वित्तीकै धेरै नराम्रो मानिन्छ । बैंकको शेयर मूल्यलाई विश्लेषण गर्दा बुलिस सिङ्गन देख्न सकिन्छ । जुन ‘MA 5/20 /180 Days Signal’ छ ।

बैंकको लाभांश इतिहास हेर्दा विगत एक दशकमा १० प्रतिशत भन्दा तल लाभांश दिएको छैन । एक दशकको अवधिमा बैंकले सर्वाधिक धेरै २१ प्रतिशतसम्म दिएको छ । समयमा साधारणसभा सम्पन्न गर्ने बैंकको सबैभन्दा राम्रो पक्ष हो । एनआरएनको प्रमुख लगानी रहेको सानिमा बैंकको संस्थागत सुशासन तुलनात्मक रुपमा राम्रो छ । यसले गर्दा पनि खराव कर्जा नियन्त्रणमा राख्न सफल देखिन्छ । यसका साथै बैंक अहिलेसम्म पनि नेपाल राष्ट्र बैंकको कुनै पनि कारबाहीमा परेको छैन । बैंकको पिइजी अनुपात ‘PEG Ratio’ ०.७६ प्रतिशत छ । यस्तो अनुपात एक प्रतिशत भन्दा कम भएको राम्रो मानिन्छ ।

बैंकको ‘Daily Boilinger Band’ माथिल्लो विन्दुमा रहेको छ । जुन सकारात्मक हो । बैंकले सातामा मध्यविन्दुको रेखा पार्न गर्न थालेको छ । दैदिक  आरएआइ ‘Daily RSI’ ६६ र ‘Weekly RSI’ ५३ रहेको छ । यस्तो आरएसआइ ५० भन्दा माथि हुनु राम्रो मानिन्छ । ‘MACD Daily’ र ‘weekly’ रुपमा सकरात्मक दिशा तर्फ रहेको छ ।

समग्रमा सानिमा बैंक वितिय रुपमा, प्राविधिक रुपमा, फण्डामेन्टली राम्रो वाणिज्य बैंकको रुपमा रहेको छ । कुनै पनि कम्पनी किन्दा कम्पनीको आधारभूत पक्षलाई ध्यान राखेर खरिद गर्दा अल्पकालीन तथा दीर्घकालीन रुपमा लगानीकर्तालाई फाइदा हुने देखिन्छ ।

शेयर बजार जोखिमको क्षेत्र हो । विचार गरेर लगानी गर्नुहोला । खरिद गर्दा ७ पटक सोच्नुहोला साथै नाफा आए पछि बेच्न विर्सनु हुँदैन ।

(यो विश्लेषण जानकारीका लागि तयार पारिएको हो । यसैलाई मात्रै आधार मानेर खरिद बिक्री नगर्नुहोला । )

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया