NIMB Header 2
Prabhu Mahalaxmi

खल्ती ले पुरा गर्यो ५ बर्ष

United Ajod
  • बिएफआईएस न्युज
  • 2022 Jan 26 20:49
खल्ती ले पुरा गर्यो ५ बर्ष
IME LIFE

काठमाडौं । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘'खल्ती'’ले आज आफ्नो ५ औं बार्षिकोत्सब  मनाएको छ। हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती' ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ। 

Nepal Life
NIMB

कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो। 'खल्ती' ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा 'खल्ती', ‘मात्र ५ बर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।

युवाहरु माझ बढी प्रचलित ‘'खल्ती'’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको 'खल्ती' को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ। आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरि यसलाई फेरी पनि सावित गर्न सफल भएको छ। 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया