NIMB Header 2
Prabhu Mahalaxmi

बीमा अभिकर्ताको इन्सेन्टिभ कटौती नगर्न प्राधिकरणसँग पेशागत बीमा अभिकर्ता संघको आग्रह

United Ajod
  • BFIS News
  • 2026 Sep 23 13:31
बीमा अभिकर्ताको इन्सेन्टिभ कटौती नगर्न प्राधिकरणसँग पेशागत बीमा अभिकर्ता संघको आग्रह
IME LIFE

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा अभिकर्ताले हालसम्म पाउँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) रकम कटौती नगर्न नेपाल बीमा प्राधिकरणसँग माग गरेको छ।

Nepal Life
NIMB

संघले २०८३ असोज ६ गते प्राधिकरणलाई पत्र पठाउँदै बीमा नियमावली २०८१ को संशोधन प्रक्रिया अघि बढिरहेको अवस्थामा नियमावली कार्यान्वयन हुनुअघि नै बीमक कम्पनीहरूले अभिकर्ताले पाइरहेको सुविधामा कटौती गरेको गुनासो आएको जनाएको हो।

संघका अनुसार विभिन्न बीमक कम्पनीका अभिकर्ता समितिहरूबाट इन्सेन्टिभ कटौतीसम्बन्धी गुनासा प्राप्त भएका छन्। त्यसैले विगतमा जारी भएका बीमालेख तथा त्यसबाट प्राप्त हुँदै आएको सुविधामा प्रतिकूल प्रभाव नपर्ने गरी आगामी दिनमा लागू हुने व्यवस्थालाई स्पष्ट रूपमा कार्यान्वयन गराउन प्राधिकरणसँग आग्रह गरिएको छ।

संघले बीमा नियमावली २०८१ को दफा ४४ को उपनियम (३) अन्तर्गत उपनियम (२) बमोजिम प्रदान गरिने प्रोत्साहन रकम नियमावली लागू भएको मितिदेखि जारी हुने व्यवस्था मिलाउन माग गरेको छ। अनुसूची १० मा उल्लेख भएबमोजिमको प्रोत्साहन रकम नियमावली लागू भएको मितिपछि जारी भएका बीमालेखका आधारमा मात्र लागू हुने गरी सबै बीमक कम्पनीलाई निर्देशन दिन संघले आग्रह गरेको छ।

त्यस्तै, दफा ४४ को उपनियम (१) बमोजिमको कमिशन रकमका अतिरिक्त जीवन बीमाको प्रथम बीमा शुल्कमा प्राधिकरणले निर्धारण गरेको सीमाभित्र रही प्रोत्साहन रकम प्रदान गर्न सकिने व्यवस्थालाई पनि स्पष्ट रूपमा कार्यान्वयन गर्न संघले माग गरेको छ।

व्यवसाय विस्तारका लागि बीमक कम्पनीहरूले अपनाएका विभिन्न रणनीति तथा कार्यक्रमका आधारमा अभिकर्तालाई प्रदान हुँदै आएको प्रोत्साहनलाई निरन्तरता दिन आवश्यक सहजीकरण गर्नुपर्ने संघको भनाइ छ। यसबाट बीमा व्यवसायको वृद्धि तथा विकाससँगै अभिकर्तालाई सहज रूपमा काम गर्ने वातावरण निर्माण हुने संघले जनाएको छ।

संघका अध्यक्ष ओमबहादुर खत्री र महासचिव कल्याण विक्रम पाण्डेले बीमा ऐन, नियमावली तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताअनुसार विगतमा प्राप्त सुविधामा प्रतिकूल प्रभाव नपर्ने र नयाँ व्यवस्था भविष्यमा लागू हुने गरी आवश्यक निर्देशन तथा सहजीकरण गर्न प्राधिकरणसँग अनुरोध पनि गरेका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया