सिटिजन्स बैंकले बोलायो २०औँ वार्षिक साधारण सभा, ३.८ प्रतिशत बोनस पारित गर्ने
- BFIS News
- 2026 Sep 23 11:24
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले असोज २८ गते बुधबार काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यससँगै बैंकको सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।
यसअघि भदौ ३१ गते बसेको बैंकको ५२१औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांशमध्ये ३.८० प्रतिशत बोनस शेयरका लागि ५८ करोड ९२ लाख रुपैयाँ र ०.२० प्रतिशत नगद लाभांशका लागि ३ करोड १० लाख रुपैयाँ छुट्याइएको छ।
हाल बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १९ गते एक दिन शेयर दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ। त्यसअनुसार असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpg)
.jpeg)


प्रतिक्रिया