NIMB Header 2
Prabhu Mahalaxmi

मधेश प्रदेशमा नेपाल लाइफको ‘तारा अवार्ड’ सम्पन्न, ३६७ अभिकर्ता सम्मानित

United Ajod
  • BFIS News
  • 2026 Sep 21 19:16
मधेश प्रदेशमा नेपाल लाइफको ‘तारा अवार्ड’ सम्पन्न, ३६७ अभिकर्ता सम्मानित
IME LIFE

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशमा आयोजना गर्ने ‘तारा अवार्ड’ कार्यक्रमअन्तर्गत मधेश प्रदेशको कार्यक्रम बर्दिबासस्थित होटल गौतम, लालगढमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा ३६७ अभिकर्तासहित कम्पनीका कर्मचारी तथा अन्य गरी ४ सयभन्दा बढीको सहभागिता रहेको थियो।

Nepal Life
NIMB

कार्यक्रममा अभिकर्ताका लागि मोटिभेसन तथा सेल्स ट्रेनिङ समेत आयोजना गरिएको थियो। अभिकर्ताको व्यावसायिक भूमिका, बीमा क्षेत्रका समसामयिक विषय तथा उनीहरूले भोगिरहेका समस्या र चुनौतीबारे छलफल गरिएको थियो। मोटिभेटर किसु झाको प्रेरणादायी प्रस्तुतीकरणले सहभागी अभिकर्तालाई थप उत्साहित बनाएको थियो।

नेपाल लाइफले तारा अवार्ड कार्यक्रमको औपचारिक सुरुवात आइतबार कोशी प्रदेशबाट गरेको थियो। कोशी प्रदेशमा आयोजित पहिलो कार्यक्रममा सम्मानित अभिकर्ता, कम्पनीका कर्मचारी तथा अन्य गरी करिब ५ सय जनाको सहभागिता रहेको थियो। त्यसको दोस्रो दिन मधेश प्रदेशमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ तथा पोलिसी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, एजेन्सी विभागका प्रतिनिधि, मोटिभेटर किसु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीलगायतको उपस्थिति थियो।

अनुशासनमा रहेर व्यावसायिक बन्न अभिकर्तालाई आग्रह

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कम्पनीले सबै अभिकर्तालाई समान अवसर र सम्मानका साथ अघि बढाउने नीति लिएको बताए। उनले अभिकर्तालाई अनुशासन कायम गर्दै व्यावसायिक रूपमा अघि बढ्न आग्रह गरे। उनले कम्पनी र अभिकर्ताबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ गर्दै बीमा व्यवसाय विस्तारमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

ऐन–नियमावली सुधारका लागि निरन्तर पहल

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले बीमा ऐन तथा नियमावलीसँग सम्बन्धित विषयमा संघले निरन्तर पहल गरिरहेको बताए। अभिकर्ताको हितसँग सम्बन्धित केही विषय नियमावलीमा सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै उनले अभिकर्तालाई सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरे।

त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले सम्मानित सबै अभिकर्तालाई बधाई तथा आभार व्यक्त गरे।

अधिकारीले हालैका बाढीपहिरो तथा अन्य विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। विपद्का समयमा संघ तथा व्यक्तिगत रूपमा सहयोग गरिएको जानकारी दिँदै उनले प्रभावित क्षेत्रका घाइते, बेपत्ता तथा होल्डिङ सेन्टरमा रहेका अभिकर्ताको पहिचान गरी आवश्यक सहयोगका लागि सम्बन्धित स्थानमै पुग्ने तयारी रहेको बताए।

नेपाल लाइफका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित अभिकर्तालाई बधाई दिँदै आगामी दिनमा थप उत्साह र प्रतिबद्धताका साथ काम गर्न शुभकामना दिए। उनले कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न आग्रह गरे।

सातै प्रदेशमा तारा अवार्ड

नेपाल लाइफले उत्कृष्ट तथा उल्लेखनीय योगदान पुर्‍याएका अभिकर्तालाई सम्मान गर्ने उद्देश्यले सातै प्रदेशमा ‘तारा अवार्ड’ कार्यक्रम आयोजना गरिरहेको छ। कोशी प्रदेशबाट सुरु भएको कार्यक्रमको दोस्रो संस्करण मधेश प्रदेशमा सम्पन्न भएको हो।

मधेश प्रदेशको कार्यक्रमपछि कम्पनीले बुधबार लुम्बिनी प्रदेशको बुटवलमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गर्ने जनाएको छ। सातै प्रदेशमा आयोजना हुने कार्यक्रममार्फत उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै प्रशिक्षण, प्रेरणा र व्यावसायिक अनुभव आदानप्रदानलाई समेत प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार