Nepal Life

डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 04:38
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य घट्यो
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ  ।निगमले स्वचालित मूल्य प्रणाली लागु गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
 

NIMB

निगमले डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ, पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । वर्ग अनुसार भने मूल्य फरक फरक पर्ने छ । निगमका अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगंज, भलवारी, नेपालगञ्ज र धनगढी पर्छन्। त्यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ पर्छन भने तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल  पर्छन्।

स्वचालित मूल्य प्रणाली लागु भएसंगै भारतबाट मूल्य बढेर आए स्वत बढ्ने र भारतबाट घटेर आए स्वत घट्ने छ। निगमले अब उप्रान्त डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा खाने जनाएको छ । खाना पकाउने ग्यासमा भने नाफा नलिई लागत मूल्यमै बिक्री गरिने निगमले जनाएको छ। 

हवाई इन्धनको हकमा भने आयल निगमले स्वचालित मूल्य प्रणाली लागु गरेको छैन । हवाई इन्धनको हकमा निगमको  संचालक समितिले नै निर्णय गर्ने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया