Nepal Life

तिब्र सुधारको बाटोमा रहेको कर्णाली विकास बैंकको प्राविधिक तथा सैद्धान्तिक चर्चा

Global Ime detail Page
  • नारद मणि घिमिरे
  • 2023 Dec Tue 13:12
तिब्र सुधारको बाटोमा रहेको कर्णाली विकास बैंकको प्राविधिक तथा सैद्धान्तिक चर्चा
Sanima Reliance

काठमाडौं । कर्णाली विकास बैंक लिमिटेड बैंक ऐन २०५२ अन्तर्गत फागुन ६, २०६० मा स्थापना भएको नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रको क्षेत्रीय स्तरको पहिलो विकास बैंक हो । यसको केन्द्रीय कार्यालय नेपालगञ्जमा अवस्थित छ र  १९ वटा शाखा कार्यालयहरू रहेका छन् ।

NIMB

आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमाशिक अवधिमा कर्णाली डेभलपमेन्ट बैंकको नाफा सर्वाधिक बढेको देखिन्छ ।  प्रथम त्रैमाशिक अवधिमा यस बैंकको शेयर प्रिमियम  रु. ४५८९२६, रिटेन अर्निङ रु. ३,३२,३३,८२७ र रिजर्भ रु. ४,४७,५२,९३८ रहेको छ । खुद मुनाफा रु. ४०८६१०४३ (गत आ.व को तुलनामा १४८ % ले बढि)  रहेको यस बैंकको नेटवर्थ ११५.६०,  प्रतिशेयर आम्दानी रु. ३२.५० र पिइ रेसियो १० रहेको छ । यस बैंकको वितरणयोग्य मुनाफाका बधारमा प्रति शेयर ६.६१ प्रतिशत रहेको छ । यस  बैकको २०८० पुष ८ गतेको बजार मूल्य रु . ३२६ रहेको छ ।

Moving Analysis

MA5  BEARISH र  MA20 /180 BULLISH सिगनल रहेको छ । यसले दीर्घकालमा माथि जाने देखिन्छ । Pivot Analysis अनुसार बैंकको शेयर मूल्य बढेमा रु. ३५७ सम्म  र घटेमा रु. २९७ सम्म तल जान सक्ने देखिन्छ ।

RSI अनुसार यस बैंकको RSI  Daily/weekly/Two weekly 60 भन्दा माथि रहेको छ भने Monthly RSI 56 रहेको छ । RSI ५० भन्दा माथि रहेको राम्रो मानिन्छ । MACD analysis ले Daily/Weekly/Monthly Histogram ले यो बैंक बुलिस चरणमा प्रवेश गरेको देखिन्छ ।

Bolinger Band

Daily Weekly Monthly रुपमा यस बैंकको Bolinger Band को मध्य विन्दु भन्दा माथी नै रहेकोले राम्रो संकेत गरेको छ । Pivot point Analysis को आधारमा  Monthly indicator को रुपमा हेर्दा यसको बजार मूल्य बढिमा रु १०२० सम्म जान सक्ने अनुमान गर्न सकिन्छ । Super Trend लाई  Daily र Weekly रुपमा बुलिस  देख्न सकिन्छ । यस बैकको PEG Ratio 0.73 रहेको छ जुन एक भन्दा कम रहेको राम्रो मानिन्छ । एक वर्षको अवधी सबै भन्दा बढि शेयर ब्रोकर नम्बर ४४ संग होल्डिङ रहेको छ ।

यो पनि पढ्नुहोस

प्रत्येक दिन सर्किट लेभलमा कारोबार भैरहेको बोटलर्स नेपालको प्राविधिक विश्लेषण

बुलिस सिग्नल देखिएको सानिमा बैंकको प्राविधिक तथा सैद्धान्तिक विश्लेषण

(यो विश्लेषण जानकारीका लागि तयार पारिएको हो । यसैलाई मात्रै आधार मानेर खरिद बिक्री नगर्नुहोला ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया