Nepal Life

प्रभु महालक्ष्मी लाइफको सिइओमा रमेशकुमार भट्टराई, बैंक वित्तीय क्षेत्रमा ४२ वर्षको अनुभव

National Life
  • BFIS News
  • 2023 Jul Mon 05:18
प्रभु महालक्ष्मी लाइफको सिइओमा रमेशकुमार भट्टराई, बैंक वित्तीय क्षेत्रमा ४२ वर्षको अनुभव
RBB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेशकुमार भट्टराईको नियुक्त भएका छन् । 

 

NIMB

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जर भएर बनेको प्रभु महालक्ष्मी लाइफले असार २९ गतेदेखि एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । दुवै कम्पनीको बीचमा ०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र ०८० जेठ  ३ गते अन्तिम सहमति भएको थियो । 

वै सम्झौतामा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई मर्जरपछिको आगामी चार वर्षका लागि एकीकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुवै सहमतिलाई प्रभु र महालक्ष्मी लाइफको जेठ २६ गते भएको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बिमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो । 

व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकालदेखिको प्रमुख कार्यकारी अधिकृत थिए। ०३८ सालमा नेपाल बैंक लिमिटेडको अधिकृतबाट बैंकिङ करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बिमा क्षेत्रमा छन्।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार