रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त

  • बिएफआईएस न्युज
  • 2022 Feb Sat 09:24
रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा राकेश पोखरेल नियुक्त भएका छन् । उनले माघ १३ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् । पोखरेलले आफ्नो करियर बीमा क्षेत्रबाट सुरुवात गरेका थिए ।

 

लगभग आठ वर्ष विभिन्न बीमा कम्पनीको व्यवस्थापन तथा कार्यकारी पदमा कार्यरत रहि पछिल्लो समयमा राकेश पोखरेल लेखापरीक्षण पेशामा रहि आएका थिए । पखरेलले आफुसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरु मध्ये अग्रणी भुमिका हाँसिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया