गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त

  • बिएफआईएस न्युज
  • 2022 Feb Fri 21:32
गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।

कम्पनीका यस अगाडीका सीईओ लालबाबु थिङले पदबाट राजीनामा दिएपछि घिमिरेलाई नियुक्त गरिएको हो । घिमिरेले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । यसअघि घिमिरे सोही फाइनान्स कम्पनीको डिपुटी सीईओको रुपमा एक वर्षअघि देखि कार्यरत थिए । उनी नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त कर्मचारी हुन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार