Nepal Life

मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 05:22
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित
Sanima Reliance

काठमाडौं । प्रतिनिधिसभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक (मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) पारित गरेको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, ०८० संशोधनसहित सर्वसम्मतिले पारित गरेको हो । 

NIMB

विधेयक पारित भएसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामन्ती शोषणको यसप्रकारको अवशेषलाई अन्त्य गर्न चाहाने सबैलाई हार्दिक बधाई ज्ञापन गरेका छन् । ‘विधेयक पारित गर्न भूमिका खेल्नुहुने प्रतिनिधिसभाका सबै माननीय सदस्यहरू  र संसद्लाई विनम्रतापूर्वक धन्यवाद प्रकट गर्दछु,’ उनले भने ।

गृहमन्त्री श्रेष्ठले यो ऐन निर्माणले मिटरब्याजपीडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार प्रदान गरेको बताए । ‘यद्यपि, यस सन्दर्भमा अझै सचेततापूर्वक मेहनत गर्नु जरुरी छ । न्यायको पक्षमा दृढतापूर्वक अघि बढौँ,’ उनले भने ।

विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुनबमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरेको छ । राष्ट्रिय सभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया