Nepal Life

करेक्सन पछि पनि डिम्याण्ड क्रियट नहुँदा बजार माथि उठ्न सकेन, व्याज र किस्ता जोहो गर्ने सँग वार्गेनिङ गर्दा उल्टै घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 15:12
करेक्सन पछि पनि डिम्याण्ड क्रियट नहुँदा बजार माथि उठ्न सकेन, व्याज र किस्ता जोहो गर्ने सँग वार्गेनिङ गर्दा उल्टै घट्यो
Sanima Reliance

काठमाडौं । एक साताको करेक्सन पछि बुधबार बढेको बजारले बिहीबार भने निरन्तरता पाउन सकेन । करेक्सन पछि पनि बजारमा डिम्याण्ड क्रियट हुन नसक्दा बिहीबार ८.७१ अंकले बजार घटेर बन्द भयो । 

NIMB

सप्लाइ जोनमा पुगरे मार्केटमा करेक्सन हुनु चिन्ताको विषय नभए पनि डिम्याण्ड जोनमा पनि डिम्याण्ड क्रियट नहुनु चाँही चिन्ताको विषय भएको प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गाना बताउछन् । लगानीकर्ताले बुधबारको सुधारलाई लिएर करेक्सन विस्तारै डिम्याण्ड जोनमा प्रवेश गरेको विश्लेषण गरेका थिए । 

गएको एक सातामा जति पनि लगानीकर्ताले नाफा बुक गरे उनिहरुले अझै पनि नयाँ शेयर उठाएका छैनन् । लगानीकर्तामा अझै पनि बजार घट्ने हो कि भन्ने डरले सबैभन्दा धेरै नकारात्मक प्रभाव पारेको विश्लेषकहरु बताउछन् । 

लगानीकर्ताहरु अहिले दोस्रो त्रैमाशिक अवधिको व्याज र किस्ता जोहो गर्ने तरखरमा छन् । व्याज र किस्ताको जोहो गर्ने दवावले समग्र शेयर बजारमै असर पुर्याएको छ । अघिल्ला २ सातामा ३०४ अंकले बढेको बजारमा धेरैको पोर्टफेलियो सुधार देखिएको छ । यहि पोर्टफेलियोलाई सदुयोग गर्दै लगानीकर्ताले व्याज र किस्ता जोहो गरेका हुन् । 

विगत एक सातामा जति पनि लगानीकर्ताले नाफा बुक गरेका छन् उनिहरुले पनि बैंकको व्याज र किस्ताकै लागि सदुपयोग गरिसकेका छन् । बिक्री गरेर बाहिरिएका लगानीकर्ता पुनः बजारमा प्रवेश नगरेसम्म बजारमा डिम्याण्ड क्रियट हुन सक्दैन । त्यसमा पनि त्रैमाशको अन्तिम साता आउदै गर्दा लगानीकर्ताहरुले बजार अझै घट्ने अनुमान लगाउदै थप शेयर नउठाइ बसेका छन् । यदि बजारमा अझै करेक्सन आयो भने अझ सस्तोमा शेयर उठाउन पाइने मनस्थितका साथ पर्ख र हेरको अवस्थामा लगानीकर्ता छन् । 

साताको अन्तिम दिन नेप्से सूचक ८.७१ अंकले घटेर २०४९.२८ अंमा रोकिएको छ । कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज ५ अर्ब ५८ करोडको कारोबार भएको छ । लगानीकर्ताहरु घटाएर शेयर किन्ने मुडमा छन् भने केहि लगानीकर्ताहरु जसरी पनि बिक्री गर्नु पर्ने परिस्थितिमा छन् । आज हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र ट्रेडिङको सूचकमा सुधार देखिएको छ भने बाँकी सूचक घटेका छन् । बजार घट्दा पनि चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया