NIMB Header 2
Nepal Life

कांग्रेस संसद् विघटनको विपक्षमा, अन्तरिम सरकार बनाउन गरेको प्रस्ताव असफल

National Life
  • BFIS News
  • 2025 Sep 13 15:45
कांग्रेस संसद् विघटनको विपक्षमा, अन्तरिम सरकार बनाउन गरेको प्रस्ताव असफल
Sanima Reliance

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा (संसद्) विघटनको विरोध गर्दै यसलाई दुःखद भनेको छ ।

Shikhar
NIMB

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेसको बैठकले संविधान बमोजिम वैधानिक बाटोबाट मात्रै अन्तरिम सरकार बन्न सक्ने भन्दै संसद् विघटन गर्ने निर्णयप्रति असहमति जनाएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्व दिँदा पनि समाधान संविधानसम्मत बाटोबाटै खोज्न सकिन्थ्यो। संविधान र लोकतान्त्रिक प्रक्रियालाई टेकेर विद्यमान बेथिति अन्त्य गर्ने मार्गचित्र तय गर्न कांग्रेस प्रतिबद्ध रहँदै आएको छ।

कांग्रेसले प्रस्तुत गरेको प्रस्ताव अनुसार, संविधान संशोधन गरी जेनजीले प्रस्ताव गरेको व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने, त्यस सरकारलाई नयाँ निर्वाचन घोषणा गर्ने जिम्मेवारी दिने व्यवस्था गर्न सकिन्थ्यो।

विज्ञप्तिमा थप भनिएको छ, “यसरी हाम्रो प्रस्ताव स्वीकारिएको भए आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री नियुक्त हुने, संविधानसम्मत प्रक्रियाबाट समाधान निकालिने र सबैलाई जित हुने अवस्था हुन्थ्यो। तर, सहमतिको बाटो त्यागेर संविधान विपरीत निर्णयमा पुग्नु दुःखद छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया