नेपाली बजारमा रेड्मी १२ स्मार्टफोन सार्वजनिक

  • BFIS News
  • 2023 Jul Tue 21:41
नेपाली बजारमा रेड्मी १२ स्मार्टफोन सार्वजनिक

काठमाडौं । नेपाली बजारमा रेड्मी १२ स्मार्टफोन सार्वजनिक भएको छ । उत्कृष्ट फिचरको फोन सस्तो मुल्यमा नै नेपाल ल्याएको हो । रेड्मी १२ बजारमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध भएको छ ।

यस फोनमा तीन ओटा क्यामेरा दिइएका छन् । जसमा ५० मेगापिक्सेलको मेन क्यामेरा, १२० डिग्री फिल्ड अफ भ्यू भएको आठ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा समावेश भएको जनाएको छ ।

फोनमा १८ वाट फास्ट चार्जिङ, ५००० एमएएच क्षमताको ब्याट्री, छेउतर्फ फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक लगायतका फिचर दिइएको हो ।मिड नाइड ब्ल्याक, स्काई ब्लु र पोलार सिल्भर गरी तीन ओटा रङ्गमा उपलब्ध यो फोनको मूल्य ६ जीबीं१२८ जीबी भेरियन्टका लागि १७ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ८ जीबीं२५६ जीबी भेरियन्टका लागि २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया