काठमाडौं महानगर स्वीस टुरिजम अवार्ड–२०२३ का लागि छनोट

  • BFIS News
  • 2023 Jul Tue 21:45
काठमाडौं महानगर स्वीस टुरिजम अवार्ड–२०२३ का लागि छनोट

काठमाडौं । स्वीट्जरल्याण्डको लुगानो शहरमा आयोजना हुने ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगरपालिका छनोट भएको छ । नोभेम्बर ३ देखि ५ तारिखसम्म आयोजना हुने उक्त कार्यक्रमको आयोजकले अवार्डका लागि काठमाडौं महानगरलाई पत्र पठाएको हो ।

 

विगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको यस अवार्डका लागि स्थानिय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाले आवेदन दिन सक्छन् । अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विषयमा चर्चा गरिन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया