Nepal Life

घट्दो व्याजदर र बढ्दो तरलताले पनि कन्फिडेन्स बढाउन नसक्दा उल्टै गिरावट, किन घट्यो शेयर बजार ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 15:12
घट्दो व्याजदर र बढ्दो तरलताले पनि कन्फिडेन्स बढाउन नसक्दा उल्टै गिरावट, किन घट्यो शेयर बजार ?
Sanima Reliance

काठमाडौं । घट्दो व्याजदर र बढ्दो तरलताले पनि लगानीकर्ताको कन्फिडेन्स बढाउन नसक्दा शेयर बजारमा उल्टै घटेको छ । बैंकहरुले माघ महिनाका लागि व्याजदर घटाइरहेका छन् । 

NIMB

हिजो बुधबार एनआइसी एशिया र आज कुमारी बैंकले माघ महिनाका लागि व्याजदर सार्वजनिक गरेका छन् । दुबैले निक्षेप र कर्जा दुबैको व्याजदर घटाएका छन् । व्याजदर घट्दै गर्दा बजारमा सुधार हुने अपेक्षा गरिएको थियो । तर हिजो लगानीकर्ताले सोचे अनुरुप सुधार हुन सकेन । आज बिहीबार उल्टै ०.६२ अंकले घट्यो । त्यो पनि अन्तिम मिनेटमा ५ अंकले रिकभर हुँदा भएर थोरै अंकले घटेको देखियो । 

नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता प्रवाह हुँदा पैसा खिचिरहेको छ । बैंकमा प्रयाप्त तरलता हुँदै गर्दा पनि बजार बढ्न सकेको छैन । लगानीकर्तामा अझै पनि कन्फिडेन्स आउन सकेको छैन । कन्फिडेन्स नहुँदा लगानीकर्ताले शेयर उठाउन सकिरहेका छैनन् । केहि ठुलो लगानीकर्ताले बजार ह्वात्तै बढाउने अनि अन्य साता लगानीकर्ताले बढाउने ट्रेण्ड चल्दै आएको छ । ठुलो संख्याका साना लगानीकर्ताले शेयर खरिद गरेर खातामा आउन पाउदा नपाउदै घट्न सुरु हुन्छ । यसले गर्दा पनि लगानीकर्ताहरुमा कन्फिडेन्स आउन सकेको छैन ।

शेयर बजारमा खरिद गर्ने लगानीकर्ताको संख्या पनि खासै बढ्न सकेको छैन । सकारात्मक समाचारमा नाफा बुक गर्ने ठुला लगानीकर्ताको दाउले पनि बजारलाई माथि जान नदिएको हो । भित्री सूचना प्राप्त गरि पहिला नै शेयर खरिद गर्ने अनि सूचना बाहिरिए पछि बिक्री गर्ने तप्का धेरै छ । जसमा ठुला लगानीकर्ता उम्किने र साना लगानीकर्ता फस्ने क्रम धेरै रहन्छ । 

यहि कुरालाई राम्रो सँग नियाली रहेका लगानीकर्ताले आक्रामक रुपमा शेयर खरिद बिक्री गर्न सकिरहेका छैनन् । बैंक वित्तीय संस्थाले लगानीकर्तालाई मागेजति शेयरधितो कर्जा प्रवाह पनि गरिरहेका छन् । 

अहिले मानिसहरु सँग खासै ठुलो बचत छैन । जो सँग बचत छ त्यसले धेरै दुखले मात्रै आर्जन गरेको हुँदा खासै जोखिमयुक्त क्षेत्रमा लगानी गर्न मानिरहेको छैनन् । यहि कारणले पनि दोस्रो बजारमा सुधार देखिदैन । 

बिहीबार नेप्से सूचक झिनो अंकले घट्दा २०८८.९९ अंकमा रोकिएको छ । १२१ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा पनि बजार भने घटेको छ । आज पनि ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ४ अर्ब ३० करोडको मात्रै कारोबार भएको छ । दोस्रो बजारमा कारोबार जति धेरै भयो त्यति राम्रो मानिन्छ । तर कारोबार रकम ४ देखि ६ अर्बको विचमा भइरहेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया