Nepal Life

बैंकिङ प्रणालीमा २ खर्ब ६३ अर्ब निक्षेप संकलन हुँदा एक खर्ब १० अर्बले मात्रै बढ्यो कर्जा, बजारमा अधिक तरलता

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 18:11
बैंकिङ प्रणालीमा २ खर्ब ६३ अर्ब निक्षेप संकलन हुँदा एक खर्ब १० अर्बले मात्रै बढ्यो कर्जा, बजारमा अधिक तरलता
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको २०८०/८१ को ५ महिनाको अवधिमा बैंक वित्तीय संस्थाले २ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा एक खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन् । 

NIMB

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.२६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१११ अर्ब १५ करोड (२.२ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर
मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.११० अर्ब ६ करोड (२.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.७३ अर्ब ३० करोड (१.६ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.५ प्रतिशतले बढेको छ ।

२०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २५.७ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो।

२०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३७.२ प्रतिशत रहेको थियो।

२०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैंकहरुको २.२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ । २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.७ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ८.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.१ प्रतिशतले घटेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.३ प्रतिशतले, नगद प्रवाह कर्जा १४.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.१ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४०.६ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.० प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.२८९ अर्ब ५१ करोड गरी कुल रु.२९० अर्ब ७१ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन्भने निक्षेप संकलन बोलकबोलमार्फत रु. १२७ अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद रु.३००७ अर्ब ७५ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब २८ करोड खुद खरिद गरी रु.३०२ अर्ब ८९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२७४ अर्ब ३५ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड बिक्री गरी रु.१८० अर्ब ८६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी रु.२३५ अर्ब ३४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० मंसिर मसान्तमा रु.१ अर्ब २० करोड लगानीमा रहेको छ । २०८० मंसिर मसान्तमा १ लाख ४० हजार १ सय ५८ ऋणीलाई प्रवाह भएको रु.१८० अर्ब ५३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५७ हजार ४ सय १६ ऋणीलाई प्रवाह भएको रु.१२६ अर्ब २५ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८० हजार २ सय २७ महिला उद्यमीलाई प्रवाह भएको रु.५१ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक
अन्तर्गत २ हजार ५ सय १५ ऋणीको रु.२ अर्ब ५० करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० मंसिर मसान्तमा रु.२१ करोड १८ लाख बक्यौता रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया