Nepal Life

लाभांश वितरणमा उत्पादनमुलक कम्पनी सर्वाधिक अगाडी, अधिकाम्सले हात खाली गर्दा हेर्नुहोस् कुन कम्पनीले कति दिए (सूचिसहित)

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 13:53
लाभांश वितरणमा उत्पादनमुलक कम्पनी सर्वाधिक अगाडी, अधिकाम्सले हात खाली गर्दा हेर्नुहोस् कुन कम्पनीले कति दिए (सूचिसहित)
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष समाप्त भएको ६ महिना वितिसक्दा जम्मा ४५ प्रतिशत कम्पनीले मात्रै लाभांश दिएका छन् । बाँकी ५५ प्रतिशत मध्ये केहिले लाभांश नदिने घोषणा गरिसकेका छन् भने कतिपयले अझै लाभांश दिने नदिने टुङ्गो लगाउन सकेका छैनन् ।

NIMB

यस वर्ष बैंक वित्तीय संस्थाको लाभांश दर मात्रै घटेको छैन । कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बाहेक सबैले लाभांशको निर्णय गरिसकेका छन् । १३ वटाले लाभांश दिएका छन् भने यस वर्ष ४ वटाले लाभांश नदिने निर्णय गरे । लघुवित्त वित्तीय संस्था, विकास बैंक र फाइनान्स पनि लाभांश वितरणमा यस वर्ष कमजोर देखिएका छन् ।

यस वर्ष लाभांश वितरणमा उत्पादनमुलक कम्पनीहरु सबैभन्दा अगाडी र बलिया देखिएका छन् । युनिलिभरले इतिहासकै सर्वाधिक धेरै १५८० प्रतिशत लाभांश दिएको छ । कम्पनीको यो लाभांश नेप्से इतिहासकै सर्वाधिक ठुलो लाभांश पनि हो । त्यस्तै बोटलर्स नेपाल तराइले ६० प्रतिशत नगद लाभांश दिदै गर्दा दुरसञ्चार प्राधिकरणले ४० प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

चौथो धेरै लाभांश सोल्टी होटलले ५ प्रतिशत बोनस सहित २६.५७ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ । यस वर्ष पाँचौ धेरै लाभांश दिनेमा एनआइसी एशिया बैंक परेको छ । दुई वर्ष पनि लाभांश दिएको बैंकले यस वर्ष शेयरधनीलाई २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्यो । नेपाल ल्युव आयलले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद सहित ३० प्रतिशत प्रदान गरेको छ ।

गएको वर्ष आकर्षक लाभांश दिएको हिमालयन डिष्ट्रिलरीद्ये यस वर्ष १० प्रतिशत बोनस शेयर १५ प्रतिशत नगद सहित कुल २५ प्रतिशत लाभांश दिएको छ । यस पछिको धेरै दिनेमा एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड रहेका छन् । एभरेष्टले २०.५३ प्रतिशत दिएकोमा स्ट्याणर्ड चार्टर्डले १९ प्रतिशत लाभांश दिएको छ ।

बाणिज्य बैंक

विकास बैंक र फाइनान्स 

होटल तथा लगानी समुह

हाइड्रोपावर

उत्पादन तथा प्रशोधनमुलक

माइक्रोफाइनान्स/ट्रेडिङ/अन्य

बीमा

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया