Nepal Life

ग्लोबल आइएमई बैंकको वित्तीय सूचक ५ वर्षमा तीन गुणाले बढ्दा बजार हिस्सा दोब्बरले बढाउन सफल (इन्फोग्राफिक्स सहित)

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Fri 20:50
ग्लोबल आइएमई बैंकको वित्तीय सूचक ५ वर्षमा तीन गुणाले बढ्दा बजार हिस्सा दोब्बरले बढाउन सफल (इन्फोग्राफिक्स सहित)
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले पछिल्लो ५ वर्षमा सम्पुर्ण वित्तीय सूचकमा तीन गुणा भन्दा धेरैले सुधार गर्न सफल देखिएको छ । सञ्चालन मुनाफा, खुद व्याज आम्दानी, शेयरधनीको कुल पूँजी, कुल कर्जा तथा सापट, कुल निक्षेप जस्ता सूचकमा तीन गुणा भन्दा धेरैले सुधार गर्न सफल भएको हो ।

 

NIMB

यसरी हरेक सूचकमा चामत्कारिक छलाङ मार्दै गर्दा बैंकले बाणिज्य बैंकहरुसँगको तुलनामा आफ्नो बजार हिस्सालाई पनि दोब्बरले बढाउन सफल भएको छ । बैंकले निक्षेप संकलन, कर्जा लगानी, कुल पूँजीमा हिस्सा, बचत निक्षेपमा हिस्सा दोब्बरले बढाएको छ । बैंकले मर्जरलाई प्राथमिकता दिने क्रममा आफ्नो आकार र हिस्सा दुबैलाई सँग सँगै बढाइरहेको छ ।

नेपाल राष्ट्र बैंकको मर्जरको नीतिलाई आत्मसाथ गर्दै सफल बनाउन महत्वपुर्ण भुमिका खेलेको ग्लोबल आइएमई बैंकले नेपालमा मात्रै होइन विश्वमै सफल मर्जरको उदाहरण बनाएको छ । बैंकले विगत ५ वर्षमा हासिल गरेका अग्रगामी छलाङ :-

सञ्चालन मुनाफा/कर पछिको मुनाफा

आज भन्दा ५ वर्ष अगाडी आर्थिक वर्ष २०७५/७६ मा बैंकको सञ्चालन मुनाफा ४ अर्ब १३ थियो । गत आर्थिक वर्ष २०७९/८० मा आउदा यस्तो मुनाफा तीन गुणाले बढेर १२ अर्ब ३९ करोड पुगेको छ । त्यस्तै कर पछिको मुनाफा हेर्ने हो भने ५ वर्ष अगाडी २ अर्ब ७६ करोड रहेकोमा गत आर्थिक वर्षमा ६ अर्ब ६९ करोड आर्जन गरेको छ ।

बैंकको आम्दानीको प्रमुख स्रोत खुद व्याज आम्दानीमा पनि बैंकले छलाङ मारेको छ । ५ वर्ष अगाडी बैंकको खुद व्याज आम्दानी ५ अर्ब २४ करोड रहेकोमा गत आर्थिक वर्षमा आउदा १७ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ । यस्तो आम्दानीको पछाडी निक्षेप संकलन र कर्जा लगानीको महत्वपुर्ण भुमिका रहेको हुन्छ ।

बैंकले ५ वर्ष अगाडी एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा गएको आर्थिक वर्षको अन्तिम महिनामा आइपुग्दा ४ खर्ब ३९ करोड पुगेको छ । यस सँगै बैंकले ५ वर्ष अगाडी एक खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । ५ वर्षको अवधिमा बैंकले कर्जा विस्तार तीन गुणाले बढाउदै ३ खर्ब ७४ अर्ब पुर्याएको छ । यसरी कर्जा सापटी र निक्षेप संकलनबाट खुद व्याज आम्दानीमा पनि राम्रो सुधार गरेको छ ।

शेयरधनीको कुल पूँजी आर्थिक वर्ष २०७५/७६ मा १६ अर्ब रहेकोमा अहिले आएर यस्तो पूँजी ५९ अर्ब ५ करोड पुगेको छ । यसमा चुक्ता पूँजी तथा विभिन्न जगेडा कोषहरु रहेको हुन्छ ।

बैंकिङ सूचकहरु

चरम आर्थिक मन्दीका कारण ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमतामा ह्रास आउदा पछिल्लो समय बैंकहरुको खराव कर्जामा अत्याधिक बृद्धि भइरहेको छ । यसको सिकार ग्लोबल आइएमई पनि परेको छ । बैंकको ५ वर्ष अगाडी खराव कर्जा ०.५५ प्रतिशत थियो । अहिले ३.१५ प्रतिशत छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको प्रथम त्रैमाशिक अवधिको मौद्रिक समिक्षाका कतिपय व्यवस्थाले यसमा केहि राहात प्रदान गरेको छ भने बैंकहरुले कर्जा असुलीलाई पनि उत्तीकै ध्यान दिइरहेको हुँदा यसमा क्रमिक रुपमा सुधार हुने अपेक्षा गरिएको छ ।

मर्जर सँगै बैंकले पूँजीकोष पनि बलियो बनाउदै लगेको छ । अहिले बैंकको पूँजी पर्याप्तता अनुपात १३.३४ प्रतिशत छ । यो बैंकिङ प्रणालीमा आउने उचारचढाव सँग सँगै परिवर्तन भइरहन्छ । पूँजीको आकार ठुलो हुँदै गर्दा शेयरधनीको कुल पूँजीमा प्रतिफल भने क्रमक रुपमा सुधारकै चरणमा छ । ५ वर्ष भन्दा अगाडीको अवस्थालाई हेर्यो भने १८.४७ प्रतिशत थियो । अहिले यस्तो अनुपात १४.१९ प्रतिशत छ । चार वर्षको दौरानमा हेर्ने हो भने क्रमिक सुधारोन्मुख छ । कुल सम्पत्तीमा प्रतिफल भने एकदमै कम छ । जुन १.३० प्रतिशत मात्रै छ ।

आज भन्दा ५ वर्ष अगाडी बैंकको प्रतिशेयर बम्दानी २३.४७ रुपैयाँ थियो । अहिले २२.०६ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले तत्कालिन अवस्थामा एकै पटक चार गुणाले पूँजी बढ्दा प्रतिशेयर आम्दानीमा व्यापक गिरावट आइरहेको छ । त्यसको असर आजका दिनमा पनि परिरहेको छ । अझै केहि वर्ष यस्तो प्रभाव पर्ने देखिन्छ ।

यसको प्रत्यक्ष असर शेयरधनीले प्राप्त गर्ने लाभांशमा देखिएको छ । बैंकले ५ वर्ष अगाडी शेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिएकोमा यस वर्ष ९ प्रतिशत मात्रै दियो । यदि रकममा रुपान्तरण गर्ने हो भने यसमा धेरै नै बृद्धि भएको छ । तर प्रतिशेयर लाभांशलाई हेर्दा एकदमै कम देखिन्छ । बैंकले नगद भन्दा बोनस शेयरलाई बढि प्राथमिकता दिएकाले पनि यस्तो दर क्रमिक रुपमा घट्दो देखिएको हो । बैंकले आजका दिनसम्ममा शेयरधनी सँग एक रुपैयाँ पनि हकप्रद शेयर निष्काशन नगरेको हुँदा बैंकले दिएको बोनस शेयर माथिको बोनश शेयरले गर्दा प्रतिशेयर लाभांशमा गिरावट देखिएको हो ।

यदि युनिलिभर, बोटलर्स नेपाल जस्ता कम्पनीलाई नै हेर्ने हो भने ति कम्पनीले कहिले पनि बोनस शेयर दिदैनन् तर उनिहरुको लाभांशदर क्रमिक रुपमा हरेक वर्ष बढ्दो दरमा देखिन्छ । बैंकको मुनाफलाई हेर्ने हो भने ५ वर्षको अवधिमा तीन गुणाले बढेको छ तर लाभांश र प्रतिशेयर आम्दानी भने क्रमिक रुपमा घट्दो छ यसले गर्दा दर घटेको विषयलाई लिएर बैंकको लाभांश घट्यो भन्न नमिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बताउछन् ।

बाणिज्य बैंकहरु सँगको तुलना

नेपाली बैंकहरुको प्राथमिक काम सुरुवातीदिनदेखि आजसम्म पनि निक्षेप तथा कर्जा लगानी नै हो । यस बाहेक केहि सेवामुलक कामहरु छन् जसको हिस्सा एकदमै कम छ । ग्लोबल आइएमई बैंकको ५ वर्ष अगाडी निक्षेप संकलनमा ४.२३ प्रतिशत हिस्सा थियो । आजका दिनम आउदा यस्तो हिस्सा दोब्बरले बृद्धि हुँदै ८.६४ प्रतिशत पुगेको छ ।

त्यस्तै कर्जा तर्फको हिस्सा ५ वर्ष अगाडी ४.५६ प्रतिशत रहेकोमा गत वर्षको अन्तिम सम्ममा आउदा ८.६८ प्रतिशत पुगेको छ । कुल पूँजीमा ग्लोबलको हिस्सा ५ वर्ष अगाडी ४.२४ प्रतिशत हिस्सा रहेकोमा गत वर्ष ९.६६ प्रतिशत पुगेको छ । बचत निक्षेपमा बैंकको ५ वर्ष अगाडीको हिस्सा ४.६४ प्रतिशत रहेकोमा अहिले ९.३६ प्रतिशत पुगेको छ ।

शाखा संख्या तर्फ हेर्ने हो भने बाणिज्य बैंकहरुको कुल शाखा संख्या ३५८५ वटा रहेकोमा ग्लोबलको १३८ वटा थियो । अहिले बाणिज्य बैंकको शाखा संख्या ५०४९ वटा रहेकोमा अहिले ३५८ वटा रहेको छ । त्यस्तै एटिएमको संख्या तर्फ हेर्ने हो भने ५ वर्ष अगाडी बाणिज्य बैंकहरुको कुल २९५१ वटा हुँदा ग्लोबल एक्लैको १४८ वटा थियो । अहिले बढेर कुल तर्फ ४४६५ हुँदा ग्लोबलको पनि ३६७ वटा पुगेको छ ।

बैंकको यति ठूलो हिस्सामा सुधार हुनुको पछाडी सफल मर्जरको अभ्यास नै हो । बैंकले आफ्नो १७ वर्षको इतिहासमा २१ वटा बैंक वित्तीय संस्थालाई आफुमा विलिन गराइसकेको छ । जसमा राष्ट्रिय स्तरका बाणिज्य बैंकहरु नै ४ वटा भन्दा धेरै गाभिसकेका छन् । बैंकले यसको सुरुवात आर्थिक वर्ष २०६८/६९ देखिनै गरेको थियो । नेपालमा मारवाडी समुदाय बाहेक अरु कसैले पनि उद्योग धन्दा तथा व्यवसायमा प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने भाष्यलाई ग्लोबल आइएमई बैंकको समुहले गलत प्रमाणित गरिदिएको छ ।

आइएमई समुहको व्यवसायिक इतिहास पुर्खौ पुर्खाको पारिवारिक विरासत सँग जोडिएको छैन । यसले विद्यमान पुस्ताकै अगाडी आफ्नो चामत्कारिक प्रस्तुती देखाइदिएको छ । यस उपलब्धीमा आइएमई समुह आफु एक्लै भन्दा पनि अरुलाई पनि हिस्सेदार बनाउदै अगाडी बढेको छ । साझेदारी व्यवसायबाटै बैंक बीमा तथा वित्तीय क्षेत्रमा जरा गाडेको ग्लोबल आइएमई समुहको व्यवसायिक रणनीति तथा अभ्यास नेपालमा मात्रै नभएर विश्वमै उदाहरणीय बनेको छ ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया