सीजीएग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता, कृषि वस्तुको व्यापार सहजीकरणमा टेवा पुग्ने अपेक्षा

  • BFIS News
  • 2023 Jul Fri 04:50
सीजीएग्रोटेक र डीएमसीसीबीच एग्रि कमोडिटी ट्रेडको सम्झौता, कृषि वस्तुको व्यापार सहजीकरणमा टेवा पुग्ने अपेक्षा

काठमाडौँ । चौधरी ग्रुपअन्तर्गत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीयव्यापार बढाउन मद्दत पुग्ने सीजीएग्रोटेकले जनाएको छ । 

 

हालै सम्पन्न एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयालअहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्नेकम्पनीले जनाएको छ । यस बाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ ।

यस सम्झौता प्रति उत्साह व्यक्त गर्दै सीजी एग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल – युएई बीच रहेको कृषिव्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास ब्यक्त गरे । “डीएमसीसीसँग रहेको २३,००० सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ ब्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्नेछ,”चौधरीले भने ।

डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धिभएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले जनाएका छन् । “यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यीव्यापारिक अवसरहरूको मूल्याङ्कनगर्न मद्दत पुग्नेछ,”उनले भने ।

सीजीएग्रोटेकको बारेमा

सीजीएग्रोटेक नेपालमा कृषिजन्य वस्तुको उत्पादन र विक्रीवितरण गर्दै आएको एक अग्रणी संस्थाहो । यस कम्पनीले चिया, कफी र मह लगायतउच्च गुणस्तरका जडिबुटी र उत्पादनहरूको निर्यातगर्दै आएको छ । हिमालयन जडिबुटीहरूको प्राकृतिक गुण जोगाउने र दिगो कृषिअभ्यासहरूलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिबद्धताले सीजीएग्रोटेकलाई स्वस्थप्रिमियमउत्पादनहरू प्रदानगर्ने कम्पनीको रुपमा स्थापीत गरेको छ । सीजीएग्रोटेक र डीएमसीसी बीचको सहकार्यले यस क्षेत्रको कृषिव्यापारमानयाँआयाम ल्याउने र कृषि क्षेत्रको वृद्धिलाई सहजबनाउदै नेपाल र दक्षिणपूर्वी एशियाबीचको सम्बन्धलाई अझबलियो बनाउने अपेक्षागरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया