नेक्स्ट–जेन क्विक, नेक्स्ट–जेन सिक रियलमी नार्जो एन ५३ मा बढ्दो आकर्षण

  • BFIS News
  • 2023 Jul Fri 05:00
नेक्स्ट–जेन क्विक, नेक्स्ट–जेन सिक रियलमी नार्जो एन ५३ मा बढ्दो आकर्षण

काठमाडौं । प्रविधिको विकास र बढ्दो लोकप्रियतासँगै स्मार्टफोनको मूल्य दिनहुँ बढ्दै गइरहेको छ। यस्तो समयमा रियलमी यस्तो ब्रान्ड रहेको छ, जसले अत्याधुनिक प्रविधि र फ्ल्यागशिप–लेभल फिचरहरूलाई  आकर्षक मूल्यमा उपभोक्ताहरु माझ ल्याउदै आएको छ। रियलमी नार्जो एन ५३ रियलमीको नार्जो लाइनअपमा यस्तै एक प्रभावशाली सदस्यको रुपमा थपिएको छ। जेन एन प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाईलको उच्चतम सन्तुलन प्रदान गर्दछ ।

रियलमी नार्जो एन ५३ : नेक्स्ट जेन क्विक्, नेक्स्ट जेन शिक

युनिसोक टाइगर टि ६१२ अक्टा–कोर प्रोसेसर युक्त रियलमी नार्जो एन ५३ एक अतुलनीय पावरहाउस हो । एण्ड्रोइड १३ मा आधारित रियलमी युआइ सफ्टवेयरमा चल्ने यस नार्जो एन ५३ मा हरेक काम सहज रुपमा सम्पन्न हुने भएकोले यो फोनले एक वास्तविक पावरहाउसको अनुभुति दिन्छ। यो संयोजनले एफिसिएण्ट मल्टिटास्किङ गर्ने क्षमता प्रदान गर्दछ जसले गर्दा तपाईं एप र एक्टिभिटिहरु बीच सजिलै स्विच गर्न सकिनेछ ।

४६ जीबी एलपिडिडिआर ४एक्स ¥याम भएकोले नार्जो एन ५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी छ । त्यस्तै यसमा भएको ६४/१२८ जीबी स्टोरेजलाई २ टीबी सम्म बढाउन सकिने हुनाले तपाईंको मिडिया, गेमहरू लगायत अन्य फाइलहरू स्टोर गर्न पर्याप्त स्पेस हुनेछ । टन्न स्पेस भएकोले तपाईंले आफ्नो रचनात्मक प्रतिभाहरु पनि उजागर गर्न सक्नुहुनेछ ।

एन५३ को एआई लेन्सवाला ५० एमपी प्राईमेरी रियर क्यामेराको इमेज क्वालिटी पनि अत्यन्तै उत्कृष्ट छ । यसबाट तपाईंले क्लियर र आकर्षक तस्बिरहरु खिच्न सक्नुहुनेछ । यसका साथै ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा आकर्षक सेल्फिहरु लिन सकिनेछ ।

नार्जो एन ५३ मा ६.७४ इन्चको एपÞmएचडि आईपीएस एलसिडि डिस्प्ले रहेको छ जसले फोन चलाउँदा एकदमै सहज र आनन्ददायक अनुभुती हुन्छ । ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिंग रेटको साथ आएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा गेमिङको अनुभव त अरुसँग तुलना नै गर्न मिल्दैन । त्यस्तै  ४५० निट्सको पिक ब्राईट्नेस भएकोले स्क्रिनमा प्रत्येक विवरणहरु स्पष्ट र उज्यालो देखिन्छ जसले तपाईंको मनोरञ्जन र प्रोडक्टिभिटिमा कुनै कमि आउन दिने छैन । “फेदर गोल्ड“ र “फेदर ब्ल्याक“ जस्ता आकर्षक रंगहरूमा उपलब्ध यस नेक्स्ट–जेन शिक नार्जो एन ५३ को मोटाइ भने ७.४९ मिलिमिटर रहेको छ ।

यस्ता आकर्षक फिचरहरु भएको यस नार्जो एन ५३ को मुल्य पनि उत्तिकै चित्तबुझ्दो रहेको छ, जसले गर्दा यसलाई बजारमा एक असली गेम चेन्जरको रुपमा खडा गरिदिएको छ ।

४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको रियलमी नार्जो एन ५३ को मूल्य रु १५,९९९ रहेको छ भने ६ जीबी र्याम  र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य रु १८,९९९ रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया