Nepal Life

प्रिमियममा एफपिओ निष्काशन गर्न नपाउने व्यवस्थाको विरुद्धमा हिमालयन बैंक अर्थमन्त्रालय जाने, आइपिओ र एफपिओमा किन विभेद ?

Global Ime detail Page
  • पुरुषोत्तम सुवेदी
  • 2024 Jan Wed 11:44
प्रिमियममा एफपिओ निष्काशन गर्न नपाउने व्यवस्थाको विरुद्धमा हिमालयन बैंक अर्थमन्त्रालय जाने, आइपिओ र एफपिओमा किन विभेद ?
Sanima Reliance

काठमाडौं । नेटवर्थ भन्दा बढि मूल्य कायम गरी प्रिमियममा एफपिओ जारी गर्न नपाउने व्यवस्थाको विरुद्धमा हिमालयन बैंक अर्थमन्त्रालय जाने भएको छ । एफपिओ जारि गर्दा बैंकले नेटवर्थ भन्दा माथि प्रिमियम कायम गर्न नपाउने व्यवस्थालाई संशोधनको माग गर्दै बैंकले अर्थमन्त्रालय लगायत सरोकारवाला पक्षहरु सँग छलफल गर्ने भएको हो ।

NIMB

नयाँ कम्पनीहरुले प्रिमियम निर्धारण गर्न पाउने तर हिमालयन बैंक जस्तो तीन दशक भन्दा लामो ट्र्याक रेकर्ड बनाइसकेका बैंकहरुलाई प्रिमियममा शेयर जारी गर्न नदिनु जायज नहुने हिमालयनका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । उनले भने ‘नयाँ कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न दिने तर यति लामो ट्र्याक रेकर्ड भएको कम्पनीहरुलाई रोकिएको छ। यो त जायज भएन नि त्यसैले हामी अर्थमन्त्रालय लगायत सरोकारवाल निकायहरु सँग छलफल गर्न जादै छौ ।’

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दफा २५ ख. अनुसार ‘सूचिकृत संङ्गठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न आवश्यक परेमा त्यस्तो संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर नेटवर्थ भन्दा बढि नहुने गरी प्रिमियम सहितको निष्काशन मूल्य निर्धारण गर्नु पर्नेछ ।’

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लाई तेस्रो पटक संशोधन गर्ने क्रममा एफपिओ निष्काशनको मापदण्ड नै परिवर्तन गरिएको थियो । संशोधन गर्नु भन्दा अगाडी नेटवर्थ तथा दोस्रो बजारको शेयर मूल्यलाई समेत निर्धारण गर्ने गरिन्थ्यो । यसले गर्दा

नेपाल इन्भेष्टमेन्ट बैंकले ५०१ रुपैयाँ प्रिमियम सहित ६०१ रुपैयाँ, नेपाल लाइफले १३२५ रुपैयाँ प्रिमियम सहित १४२५ रुपैयाँ, नेपाल बैंकले १८० रुपैयाँ प्रिमियम सहित २८० रुपैयाँ,  स्ट्यार्डर्ड चार्टर्ड बैंकले ११९० रुपैयाँ प्रिमियम सहित १२९० रुपैयाँ, एनएमबी बैंकले २३३ रुपैयाँ प्रिमियम सहित ३३३ रुपैयाँ, बुटवल पावरले ४०१ रुपैयाँ प्रिमियम सहित ५०१ रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले ६९९ रुपैयाँ प्रिमियम सहित ७९९ रुपैयाँ, शिखर इन्स्योरेन्सले ५५० रुपैयाँ प्रिमियम सहित ६५० रुपैयाँ, पोखरा फाइनान्सले १२० रुपैयाँ प्रिमियम सहित २२० रुपैयाँ, नेपाल एसबिआइ बैंकले ८७१ रुपैयाँ प्रिमियम सहित ९७१ रुपैयाँ, सिटिजन बैंकले १०० रुपैयाँ प्रिमियम सहित २०० रुपैयाँमा एफपिओ जारी गरेका थिए ।

तत्कालिन समयमा प्रिमियम रकम निर्धारण गर्दा कम्पनीको पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी खुद नाफा, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य र बोर्डमा निवेदन दिनु भन्दा सात दिन अगाडीको १८० दिनको औषत मूल्य गणना गरि प्राप्त हुने औषत मूल्य वा संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्य मध्ये जुन कम हुन्छ सोही मूल्यलार्इ प्रिमियम मूल्य कायम गर्नु पर्ने व्यवस्था थियो । तत्कालिन समयमा बुटवल पावर, एनएमबी बैंक तथा नेपाल बैंकको एफपिओ बिक्री नभए पछि धितोपत्र बोर्डको चर्क आलोचना भएको थियो । यसरी आलोचना भए पछि बोर्डले मूल्य निर्धारण गर्ने सम्पुर्ण नियमलाई खारेज गरि नेटवर्थ बराबरको मूल्यमा शेयर जारी गर्नु पर्ने व्यवस्था गरिदियो ।

तर प्राथमिक शेयर जारी गर्ने कम्पनीको हकमा भने नेटवर्थको दुई गुणासम्म पाउने तर राम्रो ट्र्याक रेकर्ड बनाएका कम्पनीहरुको हकमा नेटवर्थ भन्दा माथि जान नपाउने व्यवस्था अन्यायपुर्ण रहेको सिइओ राणाको तर्क छ । यसरी प्रिमियम निर्धारण गर्दा प्राथमिक शेयर ‘आइपिओ’ र एफपिओ दुबैमा समान नियम लागु हुनु पर्ने विश्लेषकहरु बताउछन् । यसले बजारमा ब्राण्ड बनाएको कम्पनी प्रति अन्याय हुने उनिहरुको भनाइ छ ।

एफपिओ जारी गर्दा आर्जन हुने प्रिमियमबाट शेयरधनीलाई नै लाभ हुने भएकाले यसमा नियामक निकायहरु हिचकिचाउनु पर्ने अवस्था नरहेको उनिहरुको भनाइ छ ।

हिमालयन बैंकले सर्वसाधारण समुह तर्फको शेयर अनुपात ३० प्रतिशत पुर्याउन प्रिमियममा एफपिओ जारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । बैंकले सर्वसाधारण समुह तर्फ ३० प्रतिशत पुर्याउन २.९९ प्रतिशत शेयर एफपिओ मार्फत जुटाउने प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गरेको हो ।

हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यसै पूँजीका आधारमा सर्वसाधारण समुह तर्फ ३० प्रतिशत कायम गर्न बैंकले एफपिओ मार्फत ६४ करोड ७५ लाख रुपैयाँ पूँजी थप्नु पर्छ । यो भनेको कम्पनीले सर्वसाधारण लगानीकर्तालाई ६४ लाख ७५ हजार ३२८ कित्ता शेयर जारी गर्नु पर्छ । यस मध्ये १० प्रतिशत वैदेशिक रोजगारमा गएका नेपालीका लागि, ५ प्रतिशत सामुहिक लगानीकोषका लागि र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५१ लाख ८० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गर्नेछ ।

बैंकको गत आर्थिक वर्षको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ माथि रहेको छ । बैंकले ६४ करोड ७५ लाख ३२ हजार ८०७ रुपैयाँ पूँजी जुटाउनका लागि ६४ लाख ७५ हजार ३२८ कित्ता शेयर जारी गर्नु पर्छ । बैंकले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार प्रिमियम निर्धारण गर्ने भएकाले आधार मूल्य १०० रुपैयाँमा ६०/६५ रुपैयाँ मात्रै प्रिमियम लिन पाउने छ । जवकी धितोपत्र बोर्डको नियम संशोधन गर्नु भन्दा अगाडी धेरै वटा बैंक बीमा कम्पनीहरुले धेरै राम्रो प्रिमियम लिएर शेयर बिक्री गरेका थिए । जसले प्रिमियममा शेयर जारी गरेका थिए उनिहरुले धेरै लामो समयसम्म आकर्षक लाभांश दिन सफल भए । साथै बजारमा बलिया प्रतिस्पर्धी भएर उभिए ।

नियामक निकायहरुले नयाँ र पुराना कम्पनीलाई विभेदमुलक नीति बनाउन अन्यायमा परेको अनुभुती गरिरहेका छन् । धितोपत्र बोर्डले वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा आकर्षिक गर्न प्रिमियममा शेयर जारी गर्न विभिन्न नियम बनाएको छ तर विद्यमान सूचिकृत कम्पनीका लागि भने एउटै नियमले बाधिदिएको छ । यसले गर्दा पनि नियमावलीमा संशोधन गर्नु पर्ने उनिहरुको तर्क छ ।

हिमालयन बैंकले ६४ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्ने, ६५ रुपैयाँ प्रिमियम सहित १६५ पर्न सक्ने

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया