Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको शेयरमा पहिलो नकारात्मक सर्किट, ‘हल्ला चलाइए जस्तो वित्तीय अवस्था नराम्रो छैन’

National Life
  • BFIS News
  • 2024 Jan Wed 16:09
मुक्तिनाथ कृषि कम्पनीको शेयरमा पहिलो नकारात्मक सर्किट, ‘हल्ला चलाइए जस्तो वित्तीय अवस्था नराम्रो छैन’
RBB

काठमाडौं । एक महिनादेखि लगातार बढ्दो क्रममा रहेको मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । लगातार बढिरहेको कम्पनीको शेयर मूल्यलाई लिएर बजार विश्लेषकहरुले अझै ५ वर्षसम्म लाभांश दिन सक्दैन भने सँगै आज एकै दिन २ लाख ११ हजार कित्ता शेयर खरिद बिक्री भयो । प्राथमिक तथा दोस्रो बजारबाट शेयर खरिद गरेका लगानीकर्ताले शेयर बिक्री गर्दा आज करेक्सन भएको हो ।

 

NIMB

बजारमा हल्ला चले जस्तो कम्पनीले अझै ५ वर्षसम्म लाभांश दिनै नसक्ने अवस्था नरहेको कम्पनीका सञ्चालक तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले जानकारी दिए । उनले भने ‘हामीले लाभांश दिदैनौ पनि भनेका छैनौ र दिन्छौ पनि भनेका छैनौ । ५ वर्ष अगाडीदेखि लाभांश नदिएकै हो । आउदो वर्षमा ब्रेक इभनमा आएर केहि गर्न सक्ने अवस्थामा पुग्छौ र अवको ५ वर्षसम्म केहि पनि दिन सक्दैनौ भन्ने हाम्रो लक्ष्य छैन।’ यदि कसैले कम्पनीले अजै ५ वर्षसमम्म लाभांश दिन सक्दैन भनेर हल्ला चलाएको छ भने त्यो गलत हो उनले थपे ‘हामीले लगानी गरेकै नाफा कमाउनलाई हो ।’

मुक्तिनाथ कृषि कम्पनीले राज्यले नसकेको काम कम्पनी मार्फत गर्दै आइरहेको छ । युवाहरु विदेशिरहेको अवस्थामा विदेशबाट फर्किएर आएका युवाहरुले सिकेका सिप र पैसालाई सदुपयोग गर्दै कम्पनीले उपभोक्ता र कृषकलाई जोड्ने काम गरिरहेको छ ।

कम्पनी स्थापना पश्चात कोभिड १९ ले नराम्रो सँग प्रभाव पार्यो । जसले गर्दा कम्पनीलाई माथि उठ्न धेरै गाह्रो पनि पर्यो । यसले गर्दा विगतका वर्षमा कम्पनीले नोक्सानी बेहोर्नु परेको सञ्चालक ढकाल बताउछन् । आजको दिनमा कम्पनीले पुर्ण रुपमा आफ्नो संरचना तयार पारेको छ । सातवटै प्रदेशमा कार्यालय स्थापना गरिसकेको छ । कम्पनीका ७७ वटै जिल्लामा डिष्ट्रिव्युटर रहेका छन् ।

कम्पनीले जुन रफ्तारमा काम गरिरहेको छ यहि हिसावले अगाडी बढ्यो भने आउदो वर्षमै लाभांश दिन सक्ने योजना बनाएको छ । यदि चालु आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न सकेन भने पनि आगामी आर्थिक वर्षको नाफाबाट राम्रो लाभांश वितरण गर्न सक्ने गरी काम गरिरहेको छ ।

आजको दिनमा कम्पनीको नेटवर्थ ९१ रुपैयाँ मात्रै भएको हुँदा लगानीकर्ताहरु धेरै हौसिनु पर्ने अवस्था छैन । साथै कम्पनीको रफ्तार र लगानीका क्षेत्रलाई हेर्दा धेरै निरास हुनु पर्ने अवस्था पनि छैन । कम्पनीको सबै अवस्थालाई हेरेर लगानी गर्न सञ्चालक ढकालले अनुरोध गरेका छन् ।

कम्पनीको प्राथमिक शेयर खरिद गर्नेले एक महिनामै १० कित्ता बराबर १० हजार रुपैयाँ भन्दा धेरै कमाइसकेका छन् । कृषि प्रधान मुलुक नेपालको पहिलो सूचिकृत कृषि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीले गरेका कामलाई लिएर लगानीकर्ताले राम्रो सपोर्ट गरेका छन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया