NIMB Header 2
Nepal Life

साढे दुई वर्ष पछि शेयर बजारमा गुल्जार, आइपिओ बेच्न देश विदेशबाट टिएमएस खोल्ने लगानीकर्ता बढे

National Life
  • BFIS News
  • 2024 Jan 18 22:22
साढे दुई वर्ष पछि शेयर बजारमा गुल्जार, आइपिओ बेच्न देश विदेशबाट टिएमएस खोल्ने लगानीकर्ता बढे
Sanima Reliance

काठमाडौं । साढे दुई वर्ष पछि शेयर बजारमा गुल्जार देखिन थालेको छ । प्राथमिक बजारबाटै लाखौ कमाएका लगानीकर्ताले शेयर बिक्री गर्न टिएमएस खोल्न थालेका छन् । हिमालयन रिइन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउस, सोनापुर मिनरल, सिटिजन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल, आइएमई लाइफ, घोराही सिमेन्ट, सिटी होटलको शेयर पर्नेहरुले राम्रो पैसा कमाएका छन् ।

Shikhar
NIMB

दोस्रो बजार डिप्रेस हुँदा प्राथमिक बजारमा पनि आवेदन पर्ने क्रम घटेको थियो । यस अवधिमा आवेदन दिनेले केहि न केहि शेयर हात पारेका छन् । यस अवधिमा घोराही, हिमालयन रि इन्स्योरेन्स कम्पनीका आवेदक सबैले शेयर प्राप्त गरे । चार जीवन बीमा कम्पनीका अधिकाम्स आवेदकले शेयर हात पारे । हिमालयन रिका शेयरधनीले एक कित्तामै ४४७ रुपैयाँ नाफा गरिसकेका छन् । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीका शेयरधनीले कित्तामै एक हजार भन्दा धेरै, घोराही सिमेन्टका शेयरधनीले प्रतिकित्ता एक सय भन्दा धेरै, हाथवे इन्भेष्टमेन्टका शेयरधनीले ५० रुपैयाँको शेयरमा एक हजार भन्दा धेरै फाइदा गरे ।

यसरी प्राथमिक बजारबाटै राम्रो पैसा कमाइ भए पछि लगानीकर्ताले शेयर बिक्री गर्न टिएमएस खोल्ने क्रम बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार हालसम्म १९ लाख २ हजार भन्दा धेरैले ब्रोकर कम्पनीबाट टिएमएसको युजरनेम र पासवर्ड लिइसकेका छन् । उनिहरु मध्ये दैनिक ६०/७० हजारले टिएमएस लगइन गर्ने गरेका छन् । यस भन्दा अगाडि जतिवेला शेयर बजार डिप्रेस मुडमा थियो त्यतिवेला दैनिक २५/३० हजारले मात्रै टिएमएस लगइन गर्ने गरेका थिए । यसरी बजारमा गुल्जार छाउदा टिएमएस लगइन गर्नेको संख्या दोब्बरले बृद्धि भएको छ ।

प्राथमिक बजारबाटै दोस्रो बजार प्रवेश गर्नेहरु पनि थोरै थोरै शेयर खरिद बिक्री गर्न थालेका छन् । दोस्रो बजारलाई भाइब्रेन्ट बनाउने काम प्राथमिक बजारले गरिरहेको छ । हालसम्म डिम्याट खाता खोल्नेको संख्या ६० लाख ८८ हजार नाघेको छ ।

लगानीकर्ताको सक्रियता बढे सँगै दोस्रो बजारमा कारोबार रकम बढिरहेको छ । बुधबार ९ अर्ब ७६ करोड कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडको कारोबार भयो । पछिल्लो समय विदेश बस्ने नेपालीले पनि सेयर बजारमा सहभागी हुन तीब्र चाहना राख्दै आएका छन् । हरेक दिन विदेश बस्ने नेपालीहरुको ब्रोकर कम्पनीमा कसरी कारोबार गर्ने भन्दै सोधखोज गर्ने गरेका छन् । नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुलाई आइपीओमा कोटा नै छुट्याइएको हुँदा उनिहरुले प्राथमिक बजारबाटै राम्रो संख्याम शेयर संकलन गरेर बसेका छन् । यसले गर्दा पनि उनिहरुले सेयर खरिद बिक्री गर्नको लागि चासो देखाइरहेका हुन् ।

यदि विदेशमा रहेका नेपालीहरुलाई सहजै खरिद बिक्री गर्ने तथा बैंक खाताको लागि पनि सहज व्यवस्था हुने हो भने नेपालबाट भन्दा विदेशबाटै कारोबार रकम बढ्ने ब्रोकरहरु बताउछन् । कतिपय ब्रोकरले अनलाइनबाटै ब्रोकर खाता खोल्न सकिने व्यवस्था मिलाएका छन् । उनिहरुले बैंक खाता पनि अनलानइबाट खोल्न सक्ने भएकाले प्रविधि बुझेका र प्रयोग गर्न जान्नेका लागि शेयर बजार सहज माध्यम बन्दै गएको छ ।

नयाँ ब्रोकरको आक्रामक बजार विस्तारले शेयर बजारलाई थप सुधार गराउने काम गरेका छ । पछिल्ला दिनमा केहि नयाँ ब्रोकरको कारोबार पुरानाको भन्दा धेरै देखिन थालेका छ । नयाँ ब्रोकर कम्पनीहरु मध्ये सबैभन्दा धेरै कारोबार गर्नेमा क्यापिटल म्याक्स सेक्युरिटीज लिमिटेड (ब्रोकर नम्बर ६२) रहेको छ । यसले एक महिनामा ४ अर्ब ८ करोड ६८ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार गरेको छ । कारोबार रकमको हिसाबले यो कम्पनी १८ औं स्थानमा छ ।

त्यसैगरी, सन सेक्युरिटीज (६४ नम्बर) ले २ अर्ब ९२ करोड ८८ लाख र सेयर प्रो (६५ नम्बर) ले एक महिनामा २ अर्ब ८१ करोड १० लाख रुपैयाँको धितोपत्र कारोबार गरेको सेयर स्क्रिनिङ सफ्टवेयर स्माट वेल्थ प्रोले जनाएको छ । नबिल सेक्युरिटीज (७७) ले १ अर्ब ९१ करोडको कारोबार गरेर ४५ स्थानमा रहेको छ । शुभकामना सेक्युरिटीज (७१) ले १ अर्ब ७९ करोडको धितोपत्र किनबेच गरेको छ । यो ४८ औं स्थानमा छ ।

६७ नम्बर र ६९ नंम्बर ब्रोकरले क्रमशः १ अर्ब ७२ करोड र १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । ब्रोकर नम्बर ६७ कारोबारको हिसाबले ४९ औं र ६९ नंम्बर ब्रोकर ५० औं स्थानमा रहेको छ । 

पुराना ब्रोकरहरु ५० वटा थिए । धितोपत्र खरिद बिक्रीको हिसाबले नयाँ ७ वटा ब्रोकर ५० औ स्थान भित्र पर्न सफल भएका छन् । अरु नयाँ ब्रोकरहरुले पनि आक्रामक व्यापार गरेका छन् । पुरानो ब्रोकरमध्ये सबैभन्दा कम कारोबार गर्नेमा सगरमाथा सेक्युरिटीज छ । यो ६४ औं स्थानमा रहेको छ ।

सञ्चालनमा रहेका सबै ब्रोकरहरुले एक महिनामा २ खर्ब ३४ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर काराबर गरेका छन् । जसमध्ये नयाँले ३० अर्ब ७० करोड भन्दा धेरैको कारोबार गरेका छन् । यस हिसाबले कुल कारोबार रकमको १३ प्रतिशत नयाँले किनबेच गरेका छन् ।

ब्रोकरको सक्रियता सँगै दोस्रो बजारका शेयर खरिद बिक्री कसरी गर्ने भन्दै चासो राख्नेको संख्या बढ्दै गइरहेको छ । अन्य क्षेत्र सुस्ताइरहेको अवस्थामा शेयर बजारमा भने राम्रो चहल पहल छ । सडक, होटल पसलमा शेयर बजारकै चर्चा परिचर्चा हुने गरेको छ ।

आत्तीने र मात्तीने प्रवृत्तीले फस्दै लगानीकर्ता

बजार सुधार हुने वित्तीकै शेयर खरिद गर्न तर्फ लाग्ने र रातो देख्ने वित्तैकै डिप्रेस हुने नेपालको शेयर बजारमा अझै पनि परिपक्वता भने आउन सकेको छैन। बहुसंख्यक लगानीकर्ताले शेयर बजारको वास्तविकता बुझेर भन्दा हल्लाको भरमा शेयर बजारमा खरिद बिक्री गर्छन् । बजार बढ्दै छ रे भन्ने हल्लाकै भरमा शेयर खरिद बिक्री गर्दा डुबेर बस्नेको संख्या कम छैन । शेयर बजारको विषयमा मै हुँ भन्नेहरु पनि डुब्ने यस क्षेत्रमा किन्न जान्ने तर बिक्री गर्न नजान्ने लगानीकर्ताको संख्या धेरै छ । हल्लाको भरमा शेयर किन्ने अनि बढ्छ बढ्छ भन्ने हल्लै हल्लामा घट्न थाल्छ । त्यस पछि घाटामा के शेयर बिक्री गर्नु भन्दा भन्दा भन्दै पोर्टफेलीयो ठुलो नोक्सानीमा देखिन थाल्छ ।

यसरी नजानिदो पाराले शेयर बजारमा नडुब्ने कोही पनि छैन । क्षणिक रुपमा कमाएको देखिए पनि केहि समयमै ठुलो गुमेको देखिने यो क्षेत्रमा वास्तविक रुपमा बिक्री गरेर नबाहिरिएसम्म यति उति गुमाइयो भन्न मिल्दैन । मूल्य जतिसुकै घटे पनि कित्ता नघट्ने हुनाले लगानीकर्ताले आत्तीनु भने पर्दैन । यदि आफुले धान्न सकिन्छ भने होल्ड गर्ने होइन सकिदैन भने बिक्री गर्न सकिने भएकाले यसमा लगानीकर्ताको मनोविज्ञान सबैभन्दा महत्वपुर्ण हुन्छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया