भारतमा एनएमबी बैंकको डेविट कार्ड प्रयोग गर्दा १०० रुपैयाँ बचत

  • BFIS News
  • 2023 Jul Sat 04:54
भारतमा एनएमबी बैंकको डेविट कार्ड प्रयोग गर्दा १०० रुपैयाँ बचत

काठमाडौं । भारतमा एनएमबी बैंकको भिजा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुको १०० रुपैयाँ बचत हुने भएको छ । बैंकको भिसा डेविट कार्ड प्रयोग गर्दा यस भन्दा अगाडी २५० रुपैयाँ शुल्क लाग्ने गरेकोमा अवदेखि १५० रुपैयाँ मात्रै लाग्ने बैंकले जनाएको छ ।

सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा "क" वर्ग वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त गरी २० वर्षभन्दा बढी समयदेखि नेपाली वित्तीय बजारमा सञ्चालनमा रहेको एनएमबि बैंक लिमिटेड नेपालकै अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो ।

बैंकमा नेदरल्याण्ड स्थित अन्ट्रप्रेनियुरियल डेभेलपमेण्ट बैंक (FMO) को संयुक्त लगानी रहेको छ। सेप्टेम्बर २०१६ मा संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गरेसँगै, १४.१८% शेयर सहित, एफएमओ (FMO) बैंकको सबैभन्दा ठूलो शेयरधनि पनि हो। एफएमओ (FMO) सँगको गठबन्धनले एनएमबि बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू व्यवस्थापन गर्न र नवीकरणीय ऊर्जा र कृषि व्यवसायमा अग्रणी भुमिका खेल्न मद्दत गर्दै आएको छ ।

एनएमबि बैंकलाई विश्व प्रतिष्ठित दि फाइनान्सियल टाइम्स लण्डनद्वारा प्रकाशन गरिने दि बैंकर म्यागेजिनले ‘बैंक अफ दि इयर २०१७’, ‘बैंक अफ दि इयर २०१८’, ‘बैंक अफ दि इयर २०२०’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्डको उपाधिबाट सम्मानित गरिको थियो साथै सन् २०२१ मै, नेपाली बैंकिङ्ग इतिहासमै पहिलो पटक, बैंकलाई बैंक अफ द इयर २०२१ एशिया’ को उपाधिबाट सम्मनित गरिएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया