विदेशबाट फर्किदा नेपालीहरुले कति सुन ल्याउन पाउछन् ?

  • BFIS News
  • 2023 Jul Sat 05:41
विदेशबाट फर्किदा नेपालीहरुले कति सुन ल्याउन पाउछन् ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सयौ किलो सुन बरामद हुँदै आएको छ । नेपाल सरकारले निश्चित परिणाम भन्दा धेरै सुन आयात गर्न प्रतिवन्ध लगाउदै आएको छ ।

नेपालमा सुनको महत्व ज्यादै छ । त्यसमा पनि सुनका गरगहना बनाउने र देश विदेशमा बिक्री गर्ने प्रचलन धेरै छ । यसले गर्दा सरकारले निर्धारण गरेको परिणाम भन्दा बढि सुनको खपत हुने गरेको छ । मन लाग्दी सुन आयात गर्दा विदेशमा पैसा बाहिरिन्छ भन्ने अवधारणका साथ प्रतिवन्ध लगाइए पनि भन्सार विभागबाटै सयौ किलो सुन आयात हुने गरेका छन् ।

वैदेशिक रोजगारमा गएका तथा विभिन्न कामले विदेशमा पुगेका नेपालीहरुले स्वदेश फर्किदा सुनका गर गहना उपहार तथा विभिन्न प्रयोजनका रुपमा ल्याउने गर्छन् । यसरी भित्र्याइने सुनमा समेत सरकारले सिलिङ तोकिदिएको हुन्छ । नेपाल सरकार अर्थमन्त्रालय भन्सार विभागले पुरुषका हकमा २५ ग्रामसम्म र महिलाको हकमा ५० ग्रामसम्मको सुनको गरगहना ल्याउन पाउने व्यवस्था गरेको छ ।

थप १०० ग्राम सुनका गहना साथमा ल्याउदा प्रचलित दर बमोजिम महसुल लाग्ने विभागले जनाएको छ । त्यसभन्दा थप १०० ग्राम सुनका गहनाहरुमा प्रचलित दरमा थप ३ प्रतिशत महसुल लाग्नेछ । तर सामान्य गहनाको आधार मात्रै दिए बनाइएका बेरुवा औठि बाला सिक्री जस्ता रसायन प्रयोग नगरेका बस्तुलाई गहनाको रुपमा मान्यता नदिने विभागले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया