अर्थमन्त्री महतको ध्यान सम्पुर्ण वेथितिको अन्त्य गर्नेमा, ‘मेरो कामको नतिजा आउन केहि वर्ष लाग्छ’

  • BFIS News
  • 2023 Jul Sat 15:35
अर्थमन्त्री महतको ध्यान सम्पुर्ण वेथितिको अन्त्य गर्नेमा, ‘मेरो कामको नतिजा आउन केहि वर्ष लाग्छ’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो सम्पुर्ण ध्यान वेथितिको अन्त्य गर्नेमा रहेको बताएका छन् । उनले अर्थतन्त्रमा रहेका वेथितिको अन्त्य गर्ने काममा आफु लागि परेको दाबी गरे । यसका लागि आफुले अहिलेको लोकप्रियता नहेरेको उल्लेख गरेका छन् ।  उनले भने ‘परिणाम लोकप्रिय हुनु पर्छ । कतिपय हाम्रो प्रवृत्ती अहिले ठुलो कुरा गर्ने, एक छिनको लागि ताली खाने रहेको छ । यसरी चल्दैन ।’

नेपाली कांग्रेस काठमाडौं  क्षेत्र नम्बर ६ ‘ख’ कार्यसमितिले बिपि कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा एसईईमा सर्वोत्कृष्ठ नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रमलाई संबोधन गर्दै यस्तो बताएका हुन् । उनले आफुले राम्रो काम गरे पछि आक्रमणको प्रयास भएको बताए । उनले भने ‘विपिले भन्नु भएको थियो ‘म एक्लो बृहस्पति हुन तयार छु तर झुठा गलत कुरा गर्दिन’ त्यसवेला त्यो अलोकप्रियता हुन सक्छ । विपि पनि धेरै पटक अलोकप्रिय हुनु भएको छ । तर उहाँले धेरै लोकप्रिय काम गर्नु भएको छ ।‘

उनले थपे ‘अहिले हेर्दा खेरी लोकप्रिय लाग्छ । त्यसको परिणाम अत्यन्तै नराम्रो हुन्छ । कुनै कुरा अहिले अलोकप्रिय जस्तो लाग्छ तर त्यसको परिणाम अत्यन्त राम्रो हुन्छ ।‘ महतले थपे, अहिले म के गर्छु भन्दा पनि अहिले मैले गरेको कामको परिणाम दुई वर्ष पछि चार वर्ष पछि १० वर्ष पछि के हुन्छ देशलाई राम्रो गर्ने जनतालाई राम्रो गर्ने हुनु पर्छ । त्यसको आधारमा म जान खोजेको छु ।

यहि कारणले आफु माथि बेलाबखत धेरै आक्रामण हुने गरेको भन्दै महतले जानकारी गराएका छन् । उनले भने ‘त्यसो हुनाले वेलावखतमा धेरै आक्रामण पनि हुन्छ । विरोध पनि हुन्छ । जसले स्वार्थ सिद्धि गरिरहेका छन् । उनिहरुले मिडिया मार्फत नियोजित रुपमा प्रयोजित रुपमा मानिसलाई प्रयोग गरेर लेखाउने गर्छन् ।‘ यहि हेरेर फलानो त खरावै रहेछ भन्नु भन्दा यथार्थ बुझेर मात्रै निष्कर्ष निकाल्न समेत उनले अनुरो गरेका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया