Nepal Life

प्रभु बैंकले लाभांश नदिने, मर्जर पछि नियामकीय व्यवस्था बापत प्रोभिजनिङ गर्दा शेयरधनीले पाउन सकेनन् लाभांश

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 11:33
प्रभु बैंकले लाभांश नदिने, मर्जर पछि नियामकीय व्यवस्था बापत प्रोभिजनिङ गर्दा शेयरधनीले पाउन सकेनन् लाभांश
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले यस वर्ष लाभांश नदिने घोषणा गरेको छ । मर्जर अगाडी दुबै बैंकले नियमित रुपमा शेयरधनीलाई लाभांश वितरण गर्दै आएका थिए तर मर्जर पछि भने बैंकले पहिलो पटक लाभांश नदिने अवस्था बनेको हो । 

NIMB

साविक सेञ्चुरी कमर्सियल बैंकको वित्तीय अवस्थामा देखिएको समस्याले गर्दा लाभांश दिन नसक्ने अवस्था बनेको प्रभु समुहको दाबी छ । एनएफआरएस अनुसार वित्तीय विवरण तयार पार्दा बैंकले कतिपय कर्जामा प्रोभिजनिङ गर्नु पर्दा यस पटक लाभांश दिन नसक्ने अवस्था बनेको हो । 

साविक सेञ्चुरीले एक दशकदेखि नियमित रुपमा लाभांश दिदै आएको थियो । प्रभु बैंकले विगत विगत ५ वर्षदेखि लाभांश दिदै आएको थियो । मर्जर पछि बैंकको चुक्ता पूँजी र जगेडा कोषमा बृद्धिदेखिए पनि वितरण योग्य मुनाफा भने एकदमै कमजोर देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत लेखापरीक्षण प्रतिवेदन अनुसार वितरण योग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ मात्रै देखिन्छ । बैंकले २ अर्ब ८२ करोड रुपैयाँ मुनाफा आर्जन गरे पनि नियामकीय व्यवस्था अनुसार प्रोभिजनिङ गर्नु पर्दा यस वर्ष लाभांश दिन नसकेको हो । 

बैंकले यस वर्ष लाभांश दिन नसके पनि आगामी दिनमा बिग्रिएका कर्जा तथा सरकारले तिर्नु पर्ने कर बापतको दायित्व भुक्तानी गरे सँगै लाभांश दिन सक्ने बैंकको दाबी छ । 

बैंकले गत आर्थिक वर्षको लेखापरीक्षण स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि मात्रै वार्षिक साधारणसभा आह्वान गर्न पाउने छ । यस वर्षको साधारणसभाले लेखापरीक्षण तथा वित्तीय विवरण मात्रै स्वीकृत गर्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया