Nepal Life

बाह्य अर्थतन्त्रमा देखिएको सुधार सँगै खराव कर्जा घटेर जाने गभर्नर अधिकारीको दाबी, ‘यस्तो अवस्था सधै रहदैन’

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Tue 13:02
बाह्य अर्थतन्त्रमा देखिएको सुधार सँगै खराव कर्जा घटेर जाने गभर्नर अधिकारीको दाबी, ‘यस्तो अवस्था सधै रहदैन’
Sanima Reliance

काठमाडौं । बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अभिकाम्स बैंकहरुको खराव कर्जामा ह्वात्तै बृद्धि भएको छ । यसले समग्र बैंकिङ क्षेत्रमै ठुलो असर पुर्याइरहेको छ । बैंकहरुले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरण अनुसार ९ बाणिज्य बैंकको खराव कर्जा ४ प्रतिशत भन्दा माथि छ । तीन वटा बाणिज्य बैंकको खराव कर्जा गत आर्थिक वर्षको तुलनामा घटेको छ भने बाँकी सबैको बढेको छ ।

NIMB

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिकभरीको असर स्वरुप खराव कर्जामा दवाव परेको बताएका छन् । उनले कृषि विकास बैंकले आयोजना गरेको वार्षिकोत्सवको अवसरमा भने ‘समग्र बैंकिङ प्रणालीमा केहि चुनौतीहरु देखिएका छन् । पछिल्लो अवस्थामा खासगरी रिकभरीमा चुनौती छ’ उनले थपे, ‘यो सधै रहने होइन ।’ अर्थतन्त्रमा उतार चढाव आउदा यस्ता चुनौतीहरुको सामना गर्नु परेको उनको तर्क छ । पछिल्ला दिनमा बाह्य अर्थतन्त्रमा देखिएको सुधारले रिकभरीमा मद्दत पुर्याउने गभर्नर अधिकारी बताउछन् । उनले थपे ‘अरु खम्बाहरु जसरी बलियो बनेर गएका छन् ति खम्बाहरुले पनि हामीलाई सपोर्ट गर्ने नै छ ।’

उनले दाबीका साथ भने ‘लिक्वीडिटी स्ट्रङ छ । बाह्य क्षेत्र स्ट्रङ छ । साथ साथै सरकारको पनि अर्धबार्षिक रुपमा राजश्व संकलनको अवस्था निकै राम्रो भएको छ ।’ नेपाल सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा राजश्व संकनको ३४.९ प्रतिशत लक्ष्य हासिल भएको छ । गएको वर्षको तुलनामा यस वर्ष सरकारको पनि कन्फिडेन्स बढेको छ । प्राय कुनै पनि आर्थिक वर्षमा राजश्व संकलनको लक्ष्य पुरा हुँदैन तर सरकारले अहिलेसम्म हासिल गरेको उपलब्धीलाई विज्ञहरुले सन्तोषजनक मानेका छन् ।

बैंकहरु कर्जाको रिकभरीमा आक्रामक रुपमा लागिरहेको हुँदा छिट्टै सकारात्मक नतिजा हेर्न पाइने गभर्नर अधिकारीको दाबी छ । उनले भने ‘सबै बैंकका साथिभाइहरु एकदमै आक्रामक रुपमा आफ्नो/आफ्नो कन्सोलिडेसनमा आफ्नो/आफ्नो एनपिएल व्यवस्थापनमा लागिराख्नु भएको हामीले अनुभुत गरिरहेका छौ । बैंकिङ क्षेत्रमा रिकभरीमा सुधार हुन खोजेको संकेत देखा परिरहेको छ ।’

गभर्नर अधिकारीका अनुसार एक वर्ष अगाडी बैंकहरुको लिक्वीडिटी एकदमै कमजोर थियो । सिडि रेसियो सिमा भन्दा नाघेको अवस्था भोल्नु परेको थियो । तर अहिले बाह्य क्षेत्रको सुधारले हामीलाई हौसला मिलेको अधिकारीले बताए । अहिले आयात गरेर खर्च गर्ने स्पेस प्रशस्त रहेको भन्दै गभर्नर अधिकारीले हामीलाई  चाहिएको सामानहरु खरिद गर्न सक्ने अवस्थामा पुगेको बताए । उनले थपे ‘कुन लेभलको क्यापिटल फर्मेसनको लागि बाहिरबाट बस्तु ल्याउने त्यसका लागि हामीलाई ऐतिहासिक रुपमै उच्च स्तरको फाइनान्सियल रिजर्भ बनेको छ । बैंकिङ प्रणालीमा प्रसस्त मात्रामा तरलता छ ।’

हाम्रो अर्थतन्त्रमा माग कमजोर भइरहेको अवस्था छ । जसको फलस्वरुप क्रेडिटको पनि प्रचुर मात्रामा माग भइरहेको छैन । माग भएन भन्दैमा जथावाभी दिने कुरा नआउने अधिकारी बताउछन् । उनले भने ‘त्यति हो हाम्रो एकिकृत माग घटेको अवस्था छ । खासगरी निर्माण अलिकति सुस्त भएको कारणले गर्दा पनि ठुला उद्योगमा नकारात्मक असर परेको देखिरहेका छौ । यसमा क्रमश सुधार हुने नै छ भनेर हामी अनुमान गर्न सक्छौ ।’

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया