नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ‘ख’द्धारा एसईईमा उत्तीर्ण २ हजार विद्यार्थीलाई सम्मान

  • BFIS News
  • 2023 Jul Sat 15:47
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ‘ख’द्धारा एसईईमा उत्तीर्ण २ हजार विद्यार्थीलाई सम्मान

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं  क्षेत्र नम्बर ६ ‘ख’ कार्यसमितिले बिपि कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा एसईईमा सर्वोत्कृष्ठ नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महत थिए । त्यस्तै विशेष अतिथिमा संविधानसभाका सदश्य भिमसेनदास प्रधान तथा त्रिभुवन विश्व विद्यालयका पुर्व भिसी तिर्थराज खनिया थिए ।

कार्यक्रमको सभापतित्तव  प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति विष्णु भक्त तिमल्सिनाले गरेका थिए  । कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन, वडा अध्यक्ष तथा जनप्रतिधिहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो । कार्यक्रमको संयोजन परोपकार अधिकारीले गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री महतले विद्यार्थीहरुलाई ठुलो मान्छ होइन असल मान्छे बन्न उत्प्रेरित गरेका थिए । सामाजिक सञ्जालमा आएका सतही कुराहरुलाई आधार नमानी गहिराइमा पुगेर जानकारी दिन विद्यार्थीहरुलाई अनुरोध गरेका छन् । उनले भने ‘सामाजिक सञ्जाल आउनु भन्दा अगाडी हामी पुस्तक, पत्रपत्रिका, लेख पुरै पढ्थ्यौ । तर आज हामी समाचारको शिर्षक हेरेर आफ्नो धारणा बनाउछौ । यसले समाजलाई ठुलो असर पुर्याइरहेको छ ।’

अर्थमन्त्री महतले अर्थतन्त्रका वेथितीलाई अन्त्य गरिरहेको दाबी गरेका छन् । उनले भने ‘मैले खर्च गर्ने वेथितिलाई अन्त्थ्य गर्ने काम गरिरहेको छ । यसले मलाई ठुलो असर पुर्याएको छ तर म पछाडी हट्दिन । मलाई सस्तो लोकप्रियता कमाउनु छैन । अहिले लोकप्रिय भएर भोलिका दिनमा आरोपित हुनु भन्दा आगामी दिनमा मेरो पालामा राम्रो काम भएको थियो भनेर मूल्याङ्कन गर्ने वातावरण बनाउदै छु ।’

उनले अर्थतन्त्रमा रहेका वेथितिको अन्त्य गर्ने काममा आफु लागि परेको दाबी गरे । यसका लागि आफुले अहिलेको लोकप्रियता नहेरेको उल्लेख गरेका छन् ।  उनले भने ‘परिणाम लोकप्रिय हुनु पर्छ । कतिपय हाम्रो प्रवृत्ती अहिले ठुलो कुरा गर्ने, एक छिनको लागि ताली खाने रहेको छ । यसरी चल्दैन ।’

उनले आफुले राम्रो काम गरे पछि आक्रमणको प्रयास भएको बताए । उनले भने ‘विपिले भन्नु भएको थियो ‘म एक्लो बृहस्पति हुन तयार छु तर झुठा गलत कुरा गर्दिन’ त्यसवेला त्यो अलोकप्रियता हुन सक्छ । विपि पनि धेरै पटक अलोकप्रिय हुनु भएको छ । तर उहाँले धेरै लोकप्रिय काम गर्नु भएको छ ।‘

उनले थपे ‘अहिले हेर्दा खेरी लोकप्रिय लाग्छ । त्यसको परिणाम अत्यन्तै नराम्रो हुन्छ । कुनै कुरा अहिले अलोकप्रिय जस्तो लाग्छ तर त्यसको परिणाम अत्यन्त राम्रो हुन्छ ।‘ महतले थपे, अहिले म के गर्छु भन्दा पनि अहिले मैले गरेको कामको परिणाम दुई वर्ष पछि चार वर्ष पछि १० वर्ष पछि के हुन्छ देशलाई राम्रो गर्ने जनतालाई राम्रो गर्ने हुनु पर्छ । त्यसको आधारमा म जान खोजेको छु ।

यहि कारणले आफु माथि बेलाबखत धेरै आक्रामण हुने गरेको भन्दै महतले जानकारी गराएका छन् । उनले भने ‘त्यसो हुनाले वेलावखतमा धेरै आक्रामण पनि हुन्छ । विरोध पनि हुन्छ । जसले स्वार्थ सिद्धि गरिरहेका छन् । उनिहरुले मिडिया मार्फत नियोजित रुपमा प्रयोजित रुपमा मानिसलाई प्रयोग गरेर लेखाउने गर्छन् ।‘ यहि हेरेर फलानो त खरावै रहेछ भन्नु भन्दा यथार्थ बुझेर मात्रै निष्कर्ष निकाल्न समेत उनले अनुरो गरेका छन् ।

त्यस्तै भिमसेन दास प्रधानले विध्यार्थीहरुलाई नैतिकवान हुन अनुरोध गरेका छन् । हरेक मानिसको जीवनमा शिक्षा दिने गुरु, जन्म दिने आमा बुवा भगवान सरह हुने भएकाले शिक्षा दिने गुरुलाई सदैव सम्मान गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । त्रिभुवन विश्व विद्यालयका पुर्व उपकुलपति तिर्थराज खनियाले २०६२/६३ पछि सरकारले शिक्षालाई उपेक्षा गरेको आरोप लगाएका छन् । नेपालमा शिक्षाको जति पनि विकास भयो त्यो सबै २०६३/६३ अगाडी नै भएको उनले दाबी गरे ।

खनियाले विपि कोरालाको विषयमा राम्रो सँग अध्ययन अध्यापन नभएको भन्दै सरकार सँग विपिको चिन्तन र विपिको वारेमा पढाउने पर्ने भन्दै अनुरोध गरेका छन् । संसारमा कुनै पनि विषय राम्रो या नराम्रो भन्ने नहुने भन्दै खनियाले सम्पुर्ण विद्यार्थीलाई आफ्नो क्षमता पत्ता लगाएर अध्ययन गर्न सुझाएका छन् ।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जनले कुनै समयमा एसएलसीलाई आइरन गेटको रुपमा चिनिएकोमा अहिले आएर यो प्लानिङ गेटको रुपमा परिणत भएको बताए । यो समयमा विद्यार्थीहरुले आगामी दिनमा के पढ्ने तथा के पढ्दा के बन्न सकिन्छ भनेर योजना बनाउनु पर्ने बताएका छन् । यस क्षेत्रबाट एसईई परीक्षा उत्तीर्ण गर्ने २ हजार भन्दा धेरै विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रमका संयोजक परोपकार अधिकारीले जानकारी दिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया