Nepal Life

नविल बैंकद्धारा नविनतम कार्यको सुरुवात, विदेशमा सिकेको सिपलाई उद्यमशिलतामा परिणत गराउने अभियान

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Thu 13:45
नविल बैंकद्धारा नविनतम कार्यको सुरुवात, विदेशमा सिकेको सिपलाई उद्यमशिलतामा परिणत गराउने अभियान
Sanima Reliance

काठमाडौं । नबिल बैंकले वैदेशिक रोजगारबाट फर्किएका र वैदेशिक रोजगारमा रहेका नेपालीको परिवार लक्षित ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरेको छ। विदेशमा सिकेको सिपलाई स्वेदशमै उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यले योज योजना लागु गरेको हो । 

NIMB

पछिल्लो समय रेमिट्यान्सबाट आर्जन भएको ठुलो रकम उपभोगमै खर्च भइरहेको अवस्थालाई मध्यनजर गर्दै यो योजनाको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । 

यस्तो कर्जा वैदेशिक रोजगारबाट फर्किएका नेपालीका साथै वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारले पनि उद्यमशिल क्षेत्रका लागि कर्जा प्राप्त गर्न सक्छन् । बैंकले नाफा आर्जन गर्ने र रोजगार सिर्जना गर्ने उद्योग तथा व्यापारको क्षेत्रमा मात्रै यस्तो कर्जा उपलब्ध गराउनेछ । विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केहि गरौ भन्ने सोचका बनाइरहेका नेपालीहरुले आफ्नो उद्योग तथा व्यवसायको प्रकृतिका आधारमा न्युनतम १५ लाख रुपैयाँदेखि अधिकतम १० करोडसम्म प्राप्त गर्न सक्छन् ।

बैंकले यस्तो कर्जालाई चार भागमा वर्गिकरण गरेको छ । यदि कसैले सुरुवातामा सानो केहि व्यवसाय गरौ भन्ने सोच बनाएका छन् भने उनिहरुले अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्छन् । केहि मेसिन समेत राखेर अलि ठुलो स्केलमा काम गर्नका लागि १५ लाख भन्दा बढिको कर्जा लिन चाहेमा सम्बन्धित निकायबाट व्यवसायिक अनुमति प्राप्त गरेको हुनु पर्छ । यस्तो समुहका ऋणीले १५ लाखदेखि एक करोड रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्छन् ।

तेस्रो वर्गमा मझौला किसिमको उद्योग व्यवसाय स्थापना गरि एकदेखि ५ करोडसम्मको कर्जा प्राप्त गर्न सकिन्छ । चौथो वर्गमा ठुलै स्केलमा काम गरि देशकै आर्थिक विकासमा टेवा पुर्याउने किसिमको व्यवसाय गर्ने हो भने ५ देखि १० करोड रुपैयाँसम्म प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जुनसुकै तहका ऋणीलाई समेट्न सकिने गरि यो योजना तयार पारिकए हो ।   

विदेशबाट फर्किएर आफ्नो बचलाई कसरी उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्ने भन्ने सोच बनाएका व्यक्तिहरुलाई सबैभन्दा धेरै प्राथमिकता प्रदान गर्नेछ । वैदेशिक रोजगारमा गए पनि कसैको परिवार कुनै न कुनै व्यवसायमा संलग्न रहेको छ र उक्त व्यवसायलाई निन्तरता दिने सोच बनाउनेलाई पनि प्राथमिकतामा राखेको छ ।

बैंकले कर्जा प्रवाह गर्दा ऋणले सिकेको सिपदेखि लिएर व्यवसायिक योजनालाई हेरेर लगानी गर्नेछ । विदेशमा सिकेका कतिपय शिपको नेपालमा एकदमै धेरै सम्भावना बोकेको हुन्छ । कोरिया लगायतका मुलुकमा कृषि फार्मिकङ सिकेर फर्किएका नेपालीले नेपालमा धेरै राम्रो काम गर्न सक्छन् । यसरी सिप सिकेर नेपाल फर्किदै गर्दा उक्त व्यक्तिको आफ्नै उद्योग व्यवसाय होस् भन्ने बैंकको उद्देश्य रहेको छ । विदेशबाट फर्किदै गर्दा नेपालामा अव के गर्ने भनेर अलमलमा परिरहेका व्यक्तिहरुलाई सहजिकरण होस भनेर बैंकले यस्तो स्किम तयार पारेको हो । यसले व्यवसायिक वातावरण बनाउने बैंकको विश्वास रहेको छ ।

मूल्याङ्कनका आधारहरु

बैंकले कर्जा प्रवाह गर्दा आवश्यकताका आधारमा धितो र प्रोजेक्ट फाइनान्सिङको सुविधा दिनेछ । यदि ठुलो उद्योग छ भने उद्योगमा प्रयोग हुने मेसिनदेखि लिएर भौतिक पुर्वधार पनि धितोको रुपमा गणना हुन्छ । व्यवसायको प्रकृति अनुसार धितो मूल्याङ्कन गर्ने सुविधा रहेको छ ।

बैंकले यस्तो कर्जा आधार व्याजदरमा १.५ प्रतिशत प्रिमियम जोडर प्रभाव गर्नेछ । कर्जा अवधिभर प्रिमियम रकम निश्चित हुनेछ भने आधार व्याजदरमा भने परिवर्तन हुनेछ । यस्तो कर्जाको समयावधि अधिकतम ६ वर्षसम्मको हुनेछ । जसमा एक वर्षको परीक्षण अवधि रहनेछ ।

इच्छुक आप्रवासी तथा उनिहरुको परिवारले यस्तो कर्जाका लागि आवश्यक कागजात जुटाएर प्रकृयाँ पुरा गरेको तीनदेखि ५ दिन भित्र प्राप्त गर्न सक्नेछन् । ऋणीले भविष्यमा आवश्यकताका आधारमा कर्जाको अवधि थप गर्दै लैजान सक्ने छन् । तर बैंकले हरेक वर्ष कर्जाको मूल्याङ्कन गरेर मात्रै अवधि थप गर्ने अनुमति प्रदान गर्न सक्छ ।

निजी कम्पनी र साझेदारी व्यवासयमा पनि यो कर्जा लिन सकिन्छ। जस अन्तर्गत ५० प्रतिशत स्वामित्व अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । कम्पनीको हकमा १० प्रतिशत स्वामित्व हुनुपर्नेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया