प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन कार्यक्रम सम्पन्न

  • BFIS News
  • 2023 Jul Sat 16:47
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मर्जर सँगै देशव्यापी रुपमा अभिकर्ता मिलन कार्यक्रम सञ्चालन गर्ने क्रममा आज काठमाडौंको दियालो फुडल्याण्डमा दुबै कम्पनीका अभिकर्तालाई मिलन गराएको छ ।

आज उपत्यका स्तरिय अभिकर्ता मिलन समारोहमा अभिकर्ताको भव्य सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायव प्रमुख कार्यकारी अधिकृतहरु किशोर प्रसाद लामिछाने, कमल पन्थी, रामेश्वर श्रेष्ठ लगायतको उपस्थिति थियो ।

साविक प्रभु लाइफ र महालक्ष्मी लाइफले गत असार २९ गते एकिकृत कारोबार शुभारम्भ गरे सँगै दुबै कम्पनीका अभिकर्ताहरुलाई मिलन गराउने अभियान सुरु गरेको थियो । आजबाट यो अभियान सकिएको छ ।

गएको साउन एक गतेदेखि सुरु भएको यो कार्यक्रम ७ वटा प्रदेशको १० वटा शहरमा सम्पन्न भइसकेको छ । मर्जर पछि व्यवसायको मूख्य अंग भएका अभिकर्ता फोर्सलाई एकिकृत गर्ने उद्देश्यले मर्जर लगतै देशैभरी अभिकर्ताहरुलाई खटाइएको थियो । साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई मर्जर पछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरु बारेमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ । प्रशिक्षण पछि दुवै कम्पनीका अभिकर्ताहरु सँग छलफल तथा अन्तरक्रिया समेत गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया