सुपर खुदी हाइड्रोपावरको आईपीओमा २३ गुणा बढी आवेदन, ३ अर्बभन्दा बढीको माग
- BFIS News
- 2026 Feb 23 21:22
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा मागभन्दा २३ गुणा बढी आवेदन परेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेकोमा उल्लेख्य आकर्षण देखिएको हो।
कम्पनीले १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्काशन गरेको थियो। उक्त आईपीओमा २७ लाख ६ हजार ८७९ जना आवेदकबाट तीन अर्ब एक करोड ३७ लाख १२ हजार रुपैयाँ बराबरको तीन करोड एक लाख ३७ हजार १२० कित्ता शेयरका लागि आवेदन परेको छ।
कम्पनीले गत फागुन ५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। आवेदन दिने अन्तिम मिति फागुन ११ गतेसम्म तोकिएको थियो, जस अवधिसम्म उल्लेख्य संख्यामा आवेदन परेको हो।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत बराबर ३१ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ। त्यस्तै, ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई वितरण गरिएको छ।
दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीका लागि ३१ हजार कित्ता सुरक्षित राखी बाँकी १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने प्रावधान राखिएको थियो।
आईपीओ निष्काशनका लागि गरिएको मूल्यांकनमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब २० करोड ६९ लाख ३८ हजार रुपैयाँ परेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २७ वर्ष ५ महिना बाँकी रहेको जनाइएको छ। साधारण लगानी फिर्ता अवधि ७.२१ वर्ष तथा छुट दरमा गणना गर्दा १३.४२ वर्ष रहेको विवरणमा उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)












.jpg)




प्रतिक्रिया