NIMB Header 2
Nepal Life

प्रभु बैंकको नाफामा ५४% गिरावट, खराब कर्जा बढ्यो, बैंकलाई उठाउने जिम्मा सुमन शर्मालाई

IME LIFE
  • BFIS News
  • 2026 Apr 28 12:52
प्रभु बैंकको नाफामा ५४% गिरावट, खराब कर्जा बढ्यो, बैंकलाई उठाउने जिम्मा सुमन शर्मालाई
United Ajod

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (चैत मसान्त) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको नाफामा उल्लेखनीय गिरावट देखिएको छ भने खराब कर्जा पनि उल्लेख्य रूपमा बढेको छ।

Nepal Life
NIMB

गत आर्थिक वर्षको सोही अवधिसम्म १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालू आवको सोही अवधिमा भने ५४.६१ प्रतिशतको गिरावटसहित ८५ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको खुद ब्याज आम्दानी भने सामान्य रूपमा बढेको देखिन्छ। समीक्षा अवधिमा ७ अर्ब ८ करोड ५६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी पनि ९ अर्ब ६१ करोड ९० लाख रुपैयाँबाट बढेर ९ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

यद्यपि आम्दानीमा सामान्य सुधार भए पनि सञ्चालन मुनाफामा भने गिरावट आएको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड ५२ लाख रुपैयाँबाट ३४ प्रतिशतले घटेर २ अर्ब २६ करोड ४३ लाख रुपैयाँमा झरेको छ। यससँगै वितरणयोग्य मुनाफा पनि ऋणात्मक अवस्थाबाट थप बढ्दै ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक पुगेको छ।

यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) ५.०९ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) पनि १०.६३ रुपैयाँबाट घटेर ४.८२ रुपैयाँमा सीमित भएको छ। बैंकको बेस रेट ५.१४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४६.२६ रुपैयाँ कायम भएको छ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकले चैत मसान्तसम्म २ खर्ब २१ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ३५ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिसम्म आइपुग्दा बैंकको कुल सम्पत्ति ४ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ नाघेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया