अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

  • BFIS News
  • 2023 Jul Sat 21:14
अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जनालाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २ केजीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल बस्ने ४५ वर्षीया कृष्णा देवी बाँनिया र ६५ वर्षीय छटु राम रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कपिलवस्तु, मायादेबी गाउँपालिका-४ सानो गौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही शुद्धोधन गाउँपालिका-१ परौतामाटा बस्ने २१ वर्षीय सन्दिप हरिजन र रूपन्देही शुद्धोधन गाउँपालिका-१ परौतामाटा बस्ने २३ वर्षीय देब चौधरी रहेका छन् । प्रहरी चौकी तुलसीपुर बलुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७० प ८०७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ सिदार्थ भ्यु बिट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका-६ बस्ने १९ वर्षीय प्रबिन रावल र जुम्ला तिला गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । अस्थायी प्रहरी बिट सिद्धार्थ भ्यु बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया