चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

  • BFIS News
  • 2023 Jul Sat 21:18
चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धनुषा । आफ्नै भिनाजु नाता पर्ने भारत सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा लक्ष्मिनिया गाउँपालिका-७ लक्ष्मिनिया बजारमा काम गरी बस्ने भारत बनारस घर भएका २५ वर्षीय सुरज सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गरी कुटपिट समेत गर्दा शिवमुरत गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो । गम्भीर घाइते शिवमुरतको रामा अस्पताल जनकपुर हुँदै थप उपचारको लागि भारतको सितामाढीतर्फ लैजाने क्रममा गएराति मृत्यु हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया