Nepal Life

के किन्नु शेयर किन्ने वित्तीकै घट्छ !

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2024 Jan Sat 23:13
के किन्नु शेयर किन्ने वित्तीकै घट्छ !
Sanima Reliance

काठमाडौं । विश्वका जुन सुकै शेयर बजारमा कसैले पनि ठ्याक्कै अनुमान लगाउन सक्दैन । कसैले शेयर खरिद गर्नुहोस् भनेको भोलिपल्टैदेखि घट्न थाल्छ । अनि कसैले अहिले शेयर नकिन्नु अझै घट्छ भनिरहदा भोलिपल्टै बढ्छ । जसले गर्दा धेरै लगानीकर्ताहरुले बजारमा ठम्याउनै सक्दैनन् । 

NIMB

साथि, ब्रोकर, विश्लेषक, बैंकर, भित्री सूचना दिने व्यक्ति आदिको भरमा शेयर खरिद गर्नेहरु मध्ये अधिकाम्स पछुताउछन् । अरुले भनेको भरमा शेयर खरिद गर्नेहरु सँग बाहिरिने तरिका हुँदैन । यतिमा मात्रै होइन बजारमा मै हु भन्नेहरु पनि बजारबाट हात धोएर बाहिरिनु परिरहेको हुन्छ । कुनै समयमा बजारबाट अत्याधिक कमाउने लगानीकर्ताहरु अर्को पटक चुर्लुम्म डुबेर बसेका हुन्छन् । सबैको अनुमान सबै समयमा मिल्दैन । बजारको धेरै भन्दा धेरै ज्ञान भएका व्यक्तिहरु भन्दा हुँदै नभएका व्यक्तिहरुले सुरु सुरुमा अन्धाधुन्ध पैसा कमाउछन् । जवकी प्राविधिक र शैद्धान्तिक विश्लेषण गर्नेहरु घाटामा जान्छन् ।

शेयर बजारमा जो सुकै व्यक्तिहरु सहजै प्रवेश गर्न सक्छन् तर एक्जिट गर्न सक्दैनन् । यसले गर्दा सेयर किन्न जानुभन्दा पहिल्यै मैले किनेको मुल्यभन्दा तल गयो र नोक्सान भयो भने त्यो नोक्सानलाई म यसरी क्षतिपुर्ति गराउँछु भन्ने उपायसहित लिएर सेयर बजारमा प्रवेश गर्नुपर्छ । तर, ९० प्रतिशत लगानीकर्ताहरु त्यस्तो उपाय लिएर हिँड्दैनन् र डुब्छन् ।

शेयर बजार बुलिस हुँदा पनि कयौ लगानीकर्ताहरुले गुमाइरहेका हुन्छन् साथै बजार वियरिस हुँदा पनि केहि लगानीकर्ताले राम्रो कमाइरहेका हुन्छन् । यसका लागि बजार सँगै कम्पनीहरुको सहि विश्लेषण गर्न सक्ने खुबी हुनु पर्छ । बुल मार्केटमा बजार थोरै घट्ने र धेरै बढ्ने गर्दछ । लगानीकर्तामा बजार बढ्न थालेपछि कहिल्यै घट्दैन भन्ने सोचको निर्माण हुन्छ ।

बजार आक्रामक रुपमा बढिरहेको समयमा कयौ लगानीकर्ताहरु अरुले कमाएको देखेर प्रवेश गर्छन् । अन्तिममा तिनै लगानीकर्ताहरु सबैभन्दा धेरै डुब्छन् । दोस्रो बजारको कारोबारको प्रवृत्तीलाई हेर्ने हो भने बजार बढेको दिनमा जहिले पनि कारोबार बढ्छ । कसैले बिक्री गर्दा कसैले खरिद गर्नै पर्छ । यस्तो समयमा बाठा लगानीकर्ता नाफा बुक गरेर बाहिरिन्छन् भने सोझा साझा लगानीकर्ताहरु महंगोमा शेयर खरिद गरेर पछाडी परिहरेका हुन्छन् । जव बजार तल झर्छ त्यस पछि लगानीकर्तालाई लाग्छ अव बजार कहिले पनि सुधार हुँदैन । जवकी लगानीकर्ताका लागि बजार घट्नु भनेको अवसर हो । यसो भन्दै गर्दा बजार बुलिस हो कि वियरिस हो भनेर पक्कै पनि बुझ्नु पर्छ ।

यदि बजार बुलिस अवस्थामा छ भने हरेक घटाइमा अवसर रहेको हुन्छ भने वियरिस मार्केटमा हरेक घटाइमा अवसर होइन होइन फस्ने सम्भावना रहिरहन्छ । लगानीकर्ताले अर्को बुझ्नु पर्ने कुरा भनेको बुलिस मार्केटमा बजार थोरै थोरै घट्ने र धेरै बढ्दै अगाडी बढ्छ । तर बजार बढ्न थाले पछि अव कहिले पनि घट्दै भन्ने सोचले खरिद गर्नु पनि लगानीकर्ताका लागि सबैभन्दा धेरै हानिकारक सावित हुन्छ ।

शेयर बजारका लगानीकर्ताले शेयर खरिद गर्ने मात्रै होइन बिक्री गर्न पनि जान्नु पर्छ । हरेक दिनको घटबढले पोर्टफेलियमा भएको नाफा नोक्सान त्यतिवेला मात्रै यथार्थमा परिणत हुन्छ जतिवेला शेयर बिक्री गरिन्छ । यसले गर्दा समयमा बिक्री गरेर हातमा नगद लिएर बस्नु पनि सक्नु पर्छ ।

नोक्सान भए के गर्ने ? आपतकालीन स्थिति आइलागे के गर्ने ? भन्ने विषयमा नसोची लहैलहैमा लागेर लगानी गरेकै कारण अधिकांस लगानीकर्ताहरु डुब्ने गर्छन् । थोरै लगानीकर्ताले दीर्घकालमा कमाउँछन् तर धेरै लगानीकर्ताहरु छोटो समयमै धेरै नाफा खान खोज्ने भएकाले जस्ता पनि कम्पनीको सेयर किनेकै कारण पनि डुब्छन् ।

विश्लेषकहरुका अनुसार सेयरमा पैसा कमाउने हो भने चार वटा ‘इ’ फलो गर्नु पर्छ । ‘पहिलो ‘इ’ भनेको एजुकेशन हो । सेयरमा लगानी गर्न चाहनेसँग सेयर बजार के हो र कसरी कारोबार हुन्छ ? कस्ता कम्पनीको सेयर किन्नुपर्छ ? लगायतका ज्ञान हुनुपर्छ ।

एजुकेशन भनेको कम्पनीको बारेमा बुझ्ने पनि हो । त्यसभित्र कम्पनीको नाफा, रिजर्भ, खराब कर्जा, दायित्व, सञ्चालक समिति, लगानी, व्यवस्थापन, उसले विगतमा दिएको नाफाको अवस्था सबै कुरालाई अध्ययन गर्नुपर्ने विश्लेषकहरुको भनाई छ ।

राम्रो के हो ? नराम्रो के हो ? छुट्याउन सक्ने ज्ञान प्राप्त गर्नका लागि सेयर तालिम लिने, किताबहरु पढ्ने, भिडियोहरु हेर्ने, नीतिगत कुराहरु हेर्ने, आमसञ्चारका माध्यममा समाचार तथा विश्लेषणहरु हेर्ने गर्नुपर्ने विश्लेषकहरुको सुझाब छ ।

दोस्रो ‘इ’ भनेको बजारमा इन्ट्री (प्रवेस) हो । सेयरसम्बन्धी शिक्षा लिइसकेपछि बजारमा प्रवेस गर्नुपर्छ । बजारमा प्रवेस गर्नुअघि मैले कस्ता कम्पनीमा लगानी गरेँ भनेँ जोखिम बढी हुन्छ । घट्यो भने के गर्ने ? भन्ने उपायहरु पनि सोच्नुपर्छ । 

तेस्रो ‘इ’ भनेको एक्सपेरियन्स अर्थात् अनुभव हो । बजारमा प्रवेस गरेपछि मात्रै लगानीकर्तासँग अनुभव हुन्छ । लगानीकर्ताको चाहाना आज बजारमा प्रवेस गरेर भोली नै कमाइहालौं भन्ने हुन्छ तर, आफुसँग कति वर्षको अनुभव छ भन्ने कुरा चैं बुझ्दैन । अनुभवी लगानीकर्ताहरु अक्सर डुब्दैनन्।

चौथो ‘इ’ भनेको एक्जिट अर्थात बाहिरिने हो । ‘एउटा नाफा लिएर बाहिरिने, दोस्रो नोक्सान व्यहोरेर बाहिरिने र तेस्रो साँवाँ लिएर बाहिरिने हो,’ उनले भने । सकेसम्म लगानीकर्ताले नाफा लिएर बाहिरिने हो । तर, जोखिम आउन सक्छ भन्ने संकेत देखियो भने नाफाको लोभमा नपरी साँवाँ लिएर बाहिरिनु नै उपयुक्त हुने विश्लेषकहरुको भनाई छ ।

तपाईंको रणनीति के हो ?

गिलास आधा छ वा भरी छ, यो महत्वपूर्ण कुरा होइन । त्यो आधा वा भरी गिलास कसरी प्रयोग गर्ने अथवा आधा गिलास कसरी भर्ने वा भरी गिलास कसरी खाली गर्ने भन्ने कुराचाहिं महत्वपूर्ण हो । त्यस्तै हो शेयर बजार पनि। बजार वियरसमा होस् वा बुलमा । यो महत्वपूर्ण कुरा हुँदै होइन । बुलमा के गर्ने ? र वियरिसमा के गर्ने ? दुई अलग–अलग परिस्थितिमा अपनाउनुपर्ने रणनीति र हाम्रो चरित्रचाहिं महत्वपूर्ण कुरा हो ।

वियरिसमा खरिदकर्ता मात्रै हुने हो भने विक्रेता को हुने ? अनि बुलमा विक्रेता मात्रै हुने हो भने कसले खरिद गर्ने ? वियरिस् होस् कि बुल । क्रेता र विक्रेता दुवै हुन्छन्, दुवै परिस्थितिमा हामी क्रेता वा विक्रेता दुवै भएका पनि हुन्छन् । तर फरक रणनीतिका साथ । नत्र बजार चल्दैन। त्यसैले गिलाश आधा होस् वा भरी । बजार बुल होस् वा वियरिस । तपाईंको रणनीतिचाहिं महत्वपूर्ण कुरा हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया