रिडी पावरको ५० प्रतिशत हकप्रद माघ २१ गतेसम्म शेयर किन्नेले मात्रै पाउने
- BFIS News
- 2024 Jan Mon 10:49
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गर्न थालेको ५० प्रतिशत हकप्रद शेयर यहि माघ २१ गतेसम्म कायम शेयरधनीले मात्रै पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ७७ लाख ४४ हजार कित्ता शेयर हकप्रद मार्फत बिक्री गर्न आटेको हो । प्रस्तुत हकप्रद शेयर निष्काशनका लागि कम्पनीले माघ २२ गते बुक क्लोजको मिति तय गरेका छन् ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी २ हर्ब ३१ करोड नाघ्नेछ ।
प्रतिक्रिया