सुनचाँदीको मूल्य बढ्यो, सुन तोलामा रु ५ हजारले उकालो
- BFIS News
- 2026 Mar 29 13:20
काठमाडौँ, चैत १५ गते — स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु ५ हजारले वृद्धि हुँदा चाँदी पनि रु ५० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८६ हजार कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ४ हजार ७२० पुगेको छ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८१ हजार र चाँदीको मूल्य रु ४ हजार ६७० रहेको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ५ हजार १७० अमेरिकी डलर र चाँदी ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया