NIMB Header 2
Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो तेस्रो वार्षिक साधारणसभा, लाभांश वितरण नगर्ने

IME LIFE
  • BFIS News
  • 2026 Mar 25 11:54
नेपाल माइक्रो इन्स्योरेन्सले डाक्यो तेस्रो वार्षिक साधारणसभा, लाभांश वितरण नगर्ने
United Ajod

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारण सभा वैशाख १० गते, २०८३ मा आह्वान गरेको छ। कम्पनीका अनुसार उक्त सभा चितवनस्थित मिड टाउन होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Nepal Life
NIMB

सभामा कम्पनी सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने मुख्य एजेन्डा रहेको छ। साथै, सोही आर्थिक वर्षको वासलात (Balance Sheet), नाफा–नोक्सान हिसाब (Profit & Loss Account), नगद प्रवाह विवरण (Cash Flow Statement) तथा सम्बन्धित अनुसूचीहरू र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिनेछ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ। कम्पनीले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरेको खर्चलाई अनुमोदन गर्ने विषय पनि एजेन्डामा समावेश गरिएको छ। अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ।

कम्पनीले चैत २६ गतेलाई बुक क्लोजर मिति तोकेको छ। यस अनुसार, सो मितिसम्म कायम रहेका शेयरधनीहरूले मात्र उक्त वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया