Nepal Life

एक कित्ताकै ८२०.८० रुपैयाँ पर्ने रिलायन्स स्पिनिङ मिल्सको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ, हेर्नुहोस् यस्तो छ वित्तीय अवस्था

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Mon 15:58
एक कित्ताकै ८२०.८० रुपैयाँ पर्ने रिलायन्स स्पिनिङ मिल्सको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ, हेर्नुहोस् यस्तो छ वित्तीय अवस्था
Sanima Reliance

काठमाडौं । एक कित्ताकै ८२०.८० रुपैयाँ पर्ने रिलायन्स स्पिनिङ मिल्सको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ रहेको छ । कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रतिशेयर आम्दानी ५४.३४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २४८.६७ रुपैयाँ रहेको छ ।

NIMB

कम्पनीले बुल विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि प्रारम्भिक चरणमा संस्थागत लगानीकर्ताहरुका लागि न्युनतम ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँको सिमा निर्धारण गरिदिएको थियो । संस्थागत लगानीकर्ताहरुले अधिकतम सिमा अर्थात ९१२ रुपैयाँकै लागि आवेदन दिएका छन् । कट अफ प्राइस ९१२ रुपैयाँ कायम भए सँगै कम्पनीले अव सर्वसाधारणका लागि ८२०.८० रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गर्ने छ । 

किन दिए अधिकतम मूल्यमा शेयर खरिद गर्ने प्रतिवद्धता

यदि सर्वसाधारण लगानीकर्ताले शेयर खरिद नगरेमा संस्थागत लगानीकर्ताले रिलायन्स स्पिनिङ मिल्सको शेयर सकार्नु पर्नेछ । कम्पनीको शेयर मूल्यमा यति धेरै आकर्षण हुनुको पहिलो कारण कम्पनीको आकर्षक वित्तीय अवस्था र दोस्रो कारण कम सप्लाइ रहेको छ ।

अहिले नै प्रति शेयर आम्दानी ५४ रुपैयाँ रहेको कम्पनीको शेयर सप्लाइ १९ लाख २६ हजार ६०० कित्ता मात्रै रहेको छ । त्यस्तै परे यो शेयर एउटै लगानीकर्ताले सकार्न सक्ने अवस्था रहेको छ । नेटवर्थ र प्रतिशेयर आम्दानी राम्रो भएको त्यसमा पनि कम शेयर सप्लाइ भएको हुँदा कम्पनीको शेयर मूल्य धेरै माथि पुग्ने विश्लेषओ गर्दै संस्थागत लगानीकर्ताहरुले अधिकतम सिमामै आवेदन दिएका हुन् ।

कम्पनीले ८२०.८० रुपैयाँमै आइपिओ निष्काशन गर्दा प्राथमिक बजारबाट एक अर्ब ५८ करोड रुपैयाँ उठाउने छ । यसमा पनि प्रिमियम मात्रै एक अर्ब ३८ करोड उठाउने छ । प्रिमियमबाटै कम्पनीले ७३ प्रतिशत लाभांश क्षमता बनाउनेछ ।

अहिले नै कम्पनीको जगेडा कोषमा २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । यसले गर्दा कम्पनीको लाभांश दिन सक्ने क्षमता एकदमै आकर्षक रहेको छ । चुक्ता पूँजी भन्दा राम्रो जगेडा कोष त्यसमा पनि प्रिमियम अझै धेरै आर्जन हुँदा यसै वर्ष जगेडा कोष ५ अर्ब नाघ्ने छ । कम्पनीको मुनाफा अर्ब भन्दा माथि रहेको हुँदा दोस्रो बजारमा सर्वाधिक धेरै लाभांश दिने अर्को नयाँ कम्पनी जोडिदै छ । कम्पनीले बुक विल्डिङ विधिबाट अपेक्षा गरेको भन्दा धेरै प्रिमियम संकलन गर्ने भएको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली तथा स्थानीय प्रभावित बासिन्दाका लागि र त्यस पछि मात्रै सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन गर्नेछ ।

संस्थापक शेयरको लकिङ नखुलेसम्मका लागि कम्पनीको शेयर मूल्यले राम्रै रेकर्ड बनाउने निश्चित छ । जव संस्थापक शेयरको लकिङ परियड खुल्छ त्यस पछि भने कम्पनीको शेयर मूल्यमा खासै आकर्षण रहने छैन । तर अवको ५ वर्षसम्म दोस्रो बजारमा रिलायन्स स्पनिङ मिल्सको शेयर ब्लुचिप कम्पनी भित्रै पर्ने निश्चित छ ।

रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा आवेदन दिन ४५ हजार ६०० जोहो गर्नु पर्ने

रिलायन्स स्पनिङ मिल्सको आइपिओ सर्वसाधारण लगानीकर्ताको पहुँच भन्दा बाहिर हुने भएको छ । लगानीकर्ताले कम्पनीको आइपिओमा आवेदन दिनैका लागि न्युनतम ४१ हजार ४० रुपैयाँ जोहो गर्नु पर्ने भएको हो ।

आइपिओमा १० कित्ताको मात्रै आवेदन दिने बानी परेका लगानीकर्ताले बुक विल्डिङ विधिबाट निष्काशन भएको प्राथमिक शेयरमा न्यनुतम ५० कित्ताको लागि आवेदन दिनु पर्नेछ । त्यसमा पनि एक कित्ताकै ८२०.८ रुपैयाँ पर्ने भए सँगै एउटा लगानीकर्ताले रिलायन्स स्पिनिङ मिल्सको आइपिओका लागि ४१ हजार ४० रुपैयाँ जोहो गर्नु पर्ने भएको हो ।

कम्पनीले संस्थागत लगानीकर्ताका लागि आह्वान गरेको बोलकबोलमा कट अफ प्राइस नै ९१२ रुपैयाँ कायम हुने भएको छ । बुक विल्डिङ विधि मार्फत आइपिओ निष्काशन गर्दा कट अफ प्राइममा १० प्रतिशत डिस्काउन्टमा आइपिओ निष्काशन गर्नु पर्ने व्यवस्था छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि न्युनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँको सिमा तोकेको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया