Nepal Life

एनसेलको नयाँ प्याकेज, ‘अब बोल्ने कुरा सकिएला तर ब्यालेन्स सकिदैन’

National Life
  • BFIS News
  • 2023 Jul Sun 10:14
एनसेलको नयाँ प्याकेज, ‘अब बोल्ने कुरा सकिएला तर ब्यालेन्स सकिदैन’
RBB

काठमाडौं । एनसेलका ग्राहकहरुले अब सुपथ मूल्यमा अनलिमिटेड टक टाइमको सुविधा लिन पाउने भएका छन् । ग्राहकहरुले अव २५ रुपैयाँमै अनलिमिटेड टकटाइमको सुविधा त्यो पनि नेपालका सबै नेटवर्कमा पाउने छन् । यस्तो सुविधा विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म पुरै १२ घण्टा बिन्दाससँग कुराकानी गर्न पाइनेछ ।

NIMB

यसका लागि एनसेलको वेवसाइट https://www.ncell.axiata.com/.../offers/bindaas-voice-pack मार्फत वा *१७११८*१*५# डायल गर्नु पर्छ  । अव बोल्ने कुरा सकिएला तथा व्यालेन्स नसकिने एनसेलले जनाएको छ ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ ।

त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया