Nepal Life

मर्जर पछि बाणिज्य बैंकहरुको मुनाफामा चरम गिरावट, १२ वटाले दिदा ८ वटाको हाता लाग्यो शुन्य

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Fri 13:47
मर्जर पछि बाणिज्य बैंकहरुको मुनाफामा चरम गिरावट, १२ वटाले दिदा ८ वटाको हाता लाग्यो शुन्य
Sanima Reliance

काठमाडौं । मर्जर पछि बाणिज्य बैंकहरुको मुनाफामा चरम गिरावट देखिएको छ । मर्जर अगाडी नियमित लाभांश दिदै आएका बाणिज्य बैंकहरुको मर्जर पछि भने लाभांश दिने क्षमतामा ह्रास आएको हो ।

NIMB

नेपाल राष्ट्र बैंकको संख्या घटाउने नीतिले बैंकका शेयरधनीहरुले भने यस वर्ष प्रतिफल पाउन सकेनन् । मर्जर पछि बैंकहरुको क्षमता बढ्ने तथा अस्वस्थ प्रतिस्पर्धा घट्ने हुँदा सबै पक्षमा राम्रो हुने पुर्व अनुमान भने अहिले आएर गलत सावित भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट विद्यमान २० वटै बाणिज्य बैंकहरुले लाभांश दिने नदिने निर्णय गरिसकेका छन् । आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने निर्णय गरे सँगै लाभांश नदिने बाणिज्य बैंकको संख्या ८ पुगेको छ । लाभांश दिने बैंकहरुको लाभांश पनि आकर्षक छैन ।

गत वर्षको मुनाफाबाट मर्जरमै गएका बैंकहरुले लाभांश दिन नसकेको देखिएको छ । जस मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, प्रभु बैंक र हिमालयन बैंकले लाभांश दिएनन् । यसका साथै यस वर्ष एनएमबी बैंक, नेपाल बैंक, कृषि विकास बैंकले लाभांश दिएनन् ।

यस वर्ष राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी सन राइज बैंक, नविल बैंक, नेपाल एसबिआइ बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले लाभांश दिए ।

मर्जरले झन् ठुलो समस्या

मर्जरले गर्दा झन् ठुलो समस्या झेल्नु परिरहेको बैंकहरुको गुनासो छ । मर्जरमा गएका जति बैंकको एउटै गुनासो सुन्न पाइन्छ ‘बैंकको वित्तीय अवस्था खत्तम रहेछ ।’ जवकी मर्जर अगाडी डिडिए रिपोर्ट बनाइन्छ । बैंकको वास्तविक अवस्था सबै हेरेर मात्रै स्वाप रेसियो कायम गर्नेदेखि लिएर बाँकी प्रकृयाँ अगाडी बढाइन्छ । तर जति पनि मर्जर भए वित्तीय अवस्था हेरेर भन्दा पनि नेपाल राष्ट्र बैंकको दवाव र सञ्चालकहरुको प्रभावमा हुँदा अहिले समस्या देखिएको उनिहरुको भनाई ।

मर्जर अगाडी हिमालयन र सिभिल बैंकले नियमित लाभांश दिदै आएका थिए । त्यस्तै कुमारी बैंक र साविक एनसिसी बैंकले पनि थोर बहुत लाभांश दिएकै थिए । अर्को तर्फ प्रभु र सेञ्चुरी बैंकले पनि लाभांश दिएकै थिए । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक पनि लाभांश वितरणमा त्यति धेरै कमजोर थिएनन् ।

मर्जर पछि पनि लक्ष्मी सनराइज बैंक, नविल बैंक, ग्लोबल आइएमई बैंकले भने लाभांश दिए । साविक सनराइज बैंकले गत वर्ष लाभांश दिएको थिएन् त्यसैले मर्जर पछि शेयरधनीको हात खालि राख्न चाहेन । अर्को तर्फ नविलले पनि यस वर्ष लाभांश दर घटायो । ग्लोबल आइएमईले मर्जर पछि पनि लाभांश दिन सक्यो ।

यस वर्ष बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै एनआइसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश वितरण गर्यो त्यो पनि तीन वर्ष पछि । कोभिड अगाडी आकर्षक लाभांश दिदै आएका एभरेष्ट र स्ट्याण्डर्डले यस वर्ष लाभांश दर बढाए । नविलले ११ प्रतिशत दिदा नेपाल एसबिआइले १०.५५ प्रतिशत दियो । सानिमा तथा माछापुच्छ्रे बैंकको पनि औषत भन्दा माथि नै रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया