नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मुनाफा एक अर्ब ४५ करोड, प्रतिशेयर आम्दानी ६ रुपैयाँ

  • BFIS News
  • 2023 Jul Sun 13:45
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मुनाफा एक अर्ब ४५ करोड, प्रतिशेयर आम्दानी ६ रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ४५ करोड मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब २ करोड रुपैयाँ आर्जन गरेको थियो । यस्तो मुनाफा ४२ प्रतिशतले बढाए पनि वितरण योग्य मुनाफा भने उक अर्ब ५ करोड मात्रै छ ।

प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको बैंकको प्रतिशेयर नेटवर्थ जम्मा ११० रुपैयाँ छ । चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २८ करोड जम्मा भएको छ । यस वर्ष कर्जा लगानी २९ प्रतिशतले बढेर २० अर्ब १४ करोड पुगेको छ । अझै पनि पूँजी बरारबरको लगानी छैन ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार